अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गराउन सरकारले तीव्र तयारी थालेको छ । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो ।सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग समानान्तर संवादमा छन् । प्रतिनिधिसभामा बिहीबार एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुने भएपछि देउवाले छलफललाई तीव्रता दिएका छन् ।देउवाले मंगलबार एमाले अध्यक्ष केपी ओलीसँग बाल