एमसीसी ‘पास’ गर्न प्रधानमन्त्री देउवाले गरे आन्तरिक छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पासका लागि आन्तरिक छलफल गरेका छन् । विहीबार अपरान्ह प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएका थिए । देउवाले स्थानीय निर्वाचन र एमसीसीबारे बिफ्रिङ लिएका थिए ।छलफलमा सहभागी भुसालले भनिन्, ‘२६ गते हाउस चलाउनका लागि कसरी जाने भन्ने कुराहरु भयो । सबै पार्टीसँग

सम्बन्धित सामग्री

सहमतिको निर्णायक पहलमा दलहरू

अमेरिकी अनुदान सहायता (एमसीसी) सम्झौताको संसदीय अनुमोदनका लागि सहमति खोज्ने प्रयास शनिबार पनि दिनभरि जारी रह्यो । प्रमुख राजनीतिक दलहरूबीच अन्तरपार्टी तथा आन्तरिक छलफल हुँदा सहमतिको खाका तय हुने सम्भावना बढेको छ । थप छलफल जारी राख्ने दलहरूले जनाएका छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सक्रियतामा सत्ता साझेदार दलहरू र प्रमुख प्रतिपक्षी

एमसीसीको पक्षमा बहुमत जुटाउने रणनीतिको खोजीमा देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे आन्तरिक छलफल गर्दै छन् ।आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ । महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दि

सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरू

काठमाडौं : एमसीसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ। बैठक केहीबेर अघि शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत शुक्रवार बसेको बैठकमा अमेरिकी सहयोग एमसीसीवारे गम्भीर छलफल भएपनि गठबन्धनले सहमतिका लागि कुनै निर्णय गर्न सकेको थिएन।गठबन्धन बैठकले निर्णय लिनुअघि सत्तासाझेदार पार्टीहरुको आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक आज बस्ने गरी स्थगित भएको थियो। मूलतः एमसीसी सम्झौताको प्रस्ताव संसदमा लैजाने विषयमा सत्तागठबन्धनवीच फरक–फर

एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संसदमा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् ।  गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन