२५ मंसिर, बुटवल। नेकपा एमालेले कांग्रेस–माओवादी गठबन्धन सरकारका कारण बेथिति, विसंगति र मनपरी बढेको भन्दै लुम्बिनी सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लीला गिरी नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १३ प्रश्न समावेश ज्ञापनपत्र बुझाएको छ । जसमा सरकारको कामकारबाहीका कारण जनतामा निराशा र आक्रोश बढेको जिकिर गरिएको छ । […]