कर्मचारी नियुक्तिमा मनपरी : आफन्तलाई जागिर, सरुवापछि पनि निर्णय

काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कर्मचारी सरुवा र नियुक्तिमा मनपरी गरेको पाइएको छ । नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले कर्मचारी नियुक्ति र सरुवामा मनपरी गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफ्नो सरुवापछि पनि नगरपालिकामा कर्मचारी सरुवाको निर्णय गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते […]

सम्बन्धित सामग्री

आलोचित बन्दै आयोग

निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै गरेको स्वेच्छाचारी निर्णय सर्वोच्च अदालतले धमाधम उल्टाइदिन थालेको छ। मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएपछि त्यस्तो अवस्था आएको हो। सामाजिक सञ्जालमा समेत अनावश्यक निगरानी राख्दै मनपरी निर्णय गरेको भन्दै आयोगको आलोचना हुने गरेको छ।सर्वोच्चले मात्रै होइन, निर्वाचन आयोगले पनि यसअघिका आफ्नै निर्णय उल्टाउन थालेको छ। निर्णय मनपरी ढङ्गले गरेको भन्दै सर्वत्र आलोचना र विवाद हुँदा

चुनावको मुखमा बिदामा मनपरी

विज्ञहरूले नेपालमा सार्वजनिक विदाको संख्या कटौती गर्न सुझाव दिएका छन्। तर सरकारले विभिन्न अवसरमा थप सार्वजनिक विदाको घोषणा गर्ने गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएयता मात्र मन्त्रिपरिषद्ले निर्णय गरेर विभिन्न मितिमा थप ३ दिन सार्वजनिक विदा घो...

स्थानीय तहमा जनप्रतिनिधिको मनपरी : निर्णय एकातिर, कार्यान्वयन अर्कोतिर

साविक बनखु गाविसको गल्टारमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी प्रसुती सेवा केन्द्र समेतलाई थप ब्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने गरी स्थानीयले उपलब्ध गराएको जमिनमा भवन निर्माण गर्ने पटक पटकको निर्णय जनप्रतिनिधि निर्वाचित भए लगत्तै अस्विकार गरिएको खुलासा भएको छ ।

मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाइने

चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सि

मेडिकल कलेजको मनपरी : शुल्क नघटाए सिट संख्या घटाउने आयोगको चेतावनी

चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो । आफूले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको र वर्षेनी निरीह बनेको आरोप खेपिरहेको आयोगले अटेर गर्ने मेडिकल कलेजको आगामी शैक्षिक सत्रमा सिट संख्या घटाउने चेतावनी दिएको हो ।आयोगका सदस्य–सचिव डा. भोजराज काफ्लेले अटेर गर्ने र विद्यार्थीसँग मनपरी शुल्क लिने कलेजमाथि अनुसन्धान शुरु गरिसकिएको र ती मेडिकल कलेजलाई अनुमति दिइएको सि

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान

कास्की–  कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन् । कास्कीको प्रमुख पर्यटकीय पदमार्गको रूपमा परिचित यो क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरवालाले ग्राहक खोजेर नियम विपरीत उडाउन थालेका छन् । संरक्षित क्षेत्रमा हेलिकोप्टर उडाउन पाइँदैन । त्यसको विरुद्ध गाउँपालिकाले ब्याण्ड नै लगायो । तर, कम्पनीहरूले टेरेनन् । अहिले पालिकाको उडान रोक्ने निर्णय […]

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान

पोखरा– कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन् । कास्कीको प्रमुख पर्यटकीय पदमार्गको रूपमा परिचित यो क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरवालाले ग्राहक खोजेर नियम विपरीत उडाउन थालेका छन् । संरक्षित क्षेत्रमा हेलिकोप्टर उडाउन पाइँदैन । त्यसको विरुद्ध गाउँपालिकाले ब्याण्ड नै लगायो । तर, कम्पनीहरूले टेरेनन् । अहिले गाउँपालिकाको उडान रोक्ने निर्णय […]

महाधिवेशनका नाममा मनपरी निर्णय नगर्न केन्द्रीय समितिलाई महरको आग्रह

नेपाली काँग्रेसका नेता नैनसिंह महरले वैधानिक समय सीमाभित्र महाधिवेशन गराउन युवाहरुले नेतृत्वलाई दबाब दिने वेला आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रम युवा नेता महरले विहीबार बस्न लागेको महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकलाई ९ लाख सक्रिय कार्यकर्ता चाहना विरुद्ध गएर मनपरी नगर्न आग्रह गरेका हुन् ।केन्द्रीय समिति मात्रै सम्पूर्ण काँग्रेस नभएकाले ९ लाख सक्रिय नेता कार्यकर्ताको हित प्रतिकुल हुने गरि निर्णय नगर्न नेता महरको आग्रह

आयोग पुगेका टोपबहादुरले भने– मनपरी ढंगले चलेको माओवादी खारेजीमा ढिला गर्नुभएन

नेकपा (माओवादी केन्द्र) खारेजीको निवेदनमा ताकेता गर्न निर्वाचन आयोगमा पुगेका पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीले छिटो निर्णय गर्न आयोगसँग आग्रह गरेका छन् ।  रायमाझी, मणि थापा, प्रभु साह लगायतका नेताहरू माओवादी पार्टी खारेजीको माग गर्दै शुक्रवार आयोग पुगेका थिए ।  ‘माओवादी केन्द्र खारेजीको माग गर्दै असार २३ गते निवेदन दिएकोमा छिटोभन्दा छिटो निर्णय गर्नुपर्‍यो भनेर जानकारी लिन आयोगमा आएका हौं,’ रायमाझीले भने, ‘माओवादी पार्टी मनपरी ढंगले चलिरहेको हुनाले छिटोभन्दा छिटो न...

उपभोग्य वस्तुमा मनपरी मूल्यले उपभोक्ता मारमा

काठमाडौं । कोरोना महामारी तथा निषेधाज्ञाको मौकामा व्यापारीले उपभोग्य वस्तु मनपरी मूल्यमा विक्री गरेको पाइएको छ । सरकारले शुक्रवारदेखि एक साताका लागि खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोरहरू समेत खोल्न नदिने निर्णय गरेपछि खाद्यान्न पसलमा उपभोक्ताको भीड बढेपछि व्यापारीले मूल्य बढाएका हुन् । हाल जारी निषेधाज्ञाले कोरोना महामारी नियन्त्रणमा आउन नसकेको भन्दै काठमाडौं उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले थप कडाइ गर्ने निर्णय गरेका छन् । सोही अनुसार एक साताका लागि खाद्यान्न पसल बन्द हुने भएको छ । बिहीवार बिहान खाद्यान्न किन्न बजार पुगेका कीर्तिपुरका सुन्दरमान महर्जनले १ लिटर सूर्यमुखी तेलको मूल्य २८० रुपैयाँ तिर्नुपरेको गुनासो गरे । बुधवारसम्म सूर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ५० रुपैयाँ थियो । कलंकी डेरा गरी बस्ने धादिङका रामकुमार मगर पनि बिहीवार बिहान खाद्यान्न किन्न बजार जाँदा अघिल्लो दिनको भन्दा महँगो मूल्यमा तरकारी किन्न बाध्य भएको बताउँछन् । एकदिन अघिसम्म प्रतिकिलो ६० रुपैयाँ रहेको काउली ८० रुपैयाँमा किन्नुपरेको उनको गुनासो छ । बिहीवार धरैजसो व्यापारीले ग्राहकको बाक्लो उपस्थितिको फाइदा उठाउँदै अन्य दिनको भन्दा १० देखि ३०/४० रुपैयाँसम्म बढी मूल्यमा सामान विक्री गरेको पाइएको छ । प्रतिकिलो ३७५ रुपैयाँ पर्ने सुकेको खुर्सानी ४७५ रुपैयाँसम्ममा वक्री भइरहेको छ । यस्तै प्रतिकिलो १७५ रुपैयाँ पर्ने मासको दाल १९० र १३५ रुपैयाँ पर्ने चना १५० रुपैयाँसम्ममा व्यापारीले विक्री गरिरहेका छन् । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले निषेधाज्ञा कडा पारिने भएपछि केही व्यापारीले खाद्य वस्तु मूल्य बढाएर बेचेको जानकारी आफूलाई पनि आएको बताए । महामारीको समयमा उपभोक्ताबाट मनपरी रूपमा मूल्य नअसुल्न व्यापारीहरूलाई आग्रह गरिएको उनको भनाइ छ । यद्यपि व्यापारीहरूले भने संघको आग्रह बेवास्ता गरेर मनपरी मूल्य लिने गरेका छन् ।