२९ जेठ, काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर […]
जेठ २०, विराटनगर । भारतले चिनी निकासीमा प्रतिबन्ध घोषणा गरेपछि नेपालका चिनी मिलहरूले आफूखुशी मूल्य बढाएका छन् । साताअघि भ्याटसहित ८५ रुपैयाँ किलोमा चिनी बेचिरहेका उद्योगहरूले अहिले ९० रुपैयाँ लिन थालेका हुन् ।
इस्टर्न सुगर मिलका बजार प्रबन्धक वीरेन्द्रकुमार साहले अहिले भ्याटसहित ९० रुपैयाँ किलोमा चिनी विक्री गरिरहेको बताए । साताअघि ८५ रुपैयाँ किलोमा बिक्री गरेको तर बजारको अवस्था हेरेर मूल्य घटबढ हुन सक्ने उनले बताए ।
सरकारले स्वदेशी उद्योगको उत्पादन बजारमा आएको भन्दै चिनीको एलसी खोल्न रोक लगाएको छ । खाद्य सुरक्षाका लागि भारतले २ महीनालाई चिनी निकासीमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपालका चिनी मिलहरूले आफूखुशी किलोमा ५ रुपैयाँ मूल्य बढाएको आयातकर्ताको दाबी छ । चिनी आयातकर्ताहरूले सरकारले उद्योग बचाउने नाममा उद्योगीलाई मनपरी गर्न दिएको आरोप लगाएका छन् । सरकारले उखुको मूल्य तोक्ने तर चिनीको मूल्य नतोकिदिनाले चिनी मिलहरूले बजारको अवस्था हेरेर ‘कार्टेलिङ’गर्ने गरेको उनीहरूको दाबी छ ।
दुई दशक चिनी उद्योगमा काम गरेका चिनी आयातकर्ता नवरतन लुनियाँले सरकारले एलसी खोल्न नदिएको कारण असारपछि चिनीको मूल्य प्रतिकिलो सय रुपैयाँभन्दा माथि पुग्ने चेतावनी दिए । नेपालको उत्पादनले ५ महीना मात्र धान्ने र बाँकी विदेशबाटै ल्याउनुपर्ने बाध्यता छ ।
सरकारले चिनीको एलसी खोल्न रोके पनि तस्करी भएर पर्याप्त चिनी आइरहेको उनले दाबी गरे । भारतमा ५६ रुपैयाँ किलोमा चिनी पाइन्छ । नेपालमा खुद्रामूल्य ९० रुपैयाँ छ । एक किलो चिनीमा ३४ रुपैयाँ मार्जिन रहेकाले खुला सीमाको फाइदा उठाउँदै दैनिक ठूलो परिमाणमा चिनी अवैधरूपमा नेपाल भित्रिरहेको लुनियाले बताए । सरकारले उद्योगीलाई जेसुकै गर्न छूट दिएर उपभोक्तालाई मारमा पार्ने काम गरेको अर्का व्यवसायी जीवन रिजालले बताए । ‘एलसी खोलेर चिनी ल्याउँदा उपभोक्ताले हाल चिनी मिलले दिइरहेको भन्दा झन्डै १० रुपैयाँ सस्तोमा चिनी पाउँथे । अहिले उद्योगीले आफूखुशी मूल्य तोकेका छन् ।’
नेपालमा चिनीको वार्षिक खपत २ लाख ५० हजार टन छ । स्वदेशी उद्योगहरूले १ लाख टन उत्पादन गर्छन् । बाँकी १ लाख ५० हजार टन चिनी पैठारीबाटै आपूर्ति गरिन्छ । नेपालका उद्योगहरूको उत्पादनले यहाँको मागअनुसार करीब ५ महीना धान्छ । बाँकी ७ महीनाको मागपैठारीबाट धान्नुपर्ने अवस्था रहेको रिजालले बताए ।
अहिले नेपाली चिनी उद्योगले उत्पादन गरिरहेका छन् । चिनीको माग पनि यो समयमा कमै हुन्छ । तर, यसैबेला चिनीको मूल्य बढेर प्रतिकेजी एक सय रुपियाँ पुुगेको छ । चिनीको बजार सन्तुलन गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साल्ट ट्रेडिङसँग चिनीको मौज्दात सकिँदै जाँदा चिनीको बजार उद्योगी/व्यापारीको हातमा पुगेको हो । चालू आर्थिक वर्ष सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुदानको चिनी आयात गर्न अनुमति नदिएकाले बजारमा चिनी उद्योगी तथा व्यापारीको मनपरी बढेको उपभोक्ता अधिकारकर्मीले आरोप लगाउँदै आएका छन् ।
चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको छ ।ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना महर्जनले प्रतिकिलो ९५ रुपैयाँका दरले ३ किलो चिनी किनिन् । उनकै घरनजिकै
काठमाडौं । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको छ ।
ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना महर्जनले प्रतिकिलो ९५ रुपैयाँका दरले ३ किलो चिनी किनिन् । उनकै घरनजिकै रहेकी प्रेमकला महर्जनले घर छेवैको पसलमा प्रतिकिलो १ सय रुपैयाँ किलोका दरले ५ किलो चिनी किनेको बताइन् ।
खुद्रा व्यापार संघका अनुसार ठूला व्यापारी र उद्योगीहरूका कारण चिनीको मूल्य अनियन्त्रित भएको हो । ठूला व्यापारीहरूले सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै खुद्रा व्यापारीहरूसँग नै प्रतिकिलो ९५ रुपैयाँमा चिनी विक्री गर्न थालेपछि खुद्रा व्यापारीहरूले बाध्य भएर मूल्य बढाएर बेच्नुपरेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले आर्थिक अभियान दैनिकलाई बताए ।
‘खुद्रा व्यापारीले खानुपर्ने जति फाइदा खाएर बेच्दा प्रतिकिलो १ सय ५ रुपैयाँ किलोमा बेच्नुपर्ने हुन्छ । तर, यसो गर्दा नियमित ग्राहक भड्किने डरले हामीले प्रतिकिलो ९५ रुपैयाँसम्मले विक्री गर्ने गरेका छौं । कोहीकोही व्यापारीले १ सय रुपैयाँसम्मले पनि विक्री गरेको सुनिएको छ तर हामीले त्यसो नगर्न व्यापारीहरूलाई भनेका छौं,’ उनले भने ।
सरकारी अनुदानको चिनी खरीदको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनले करीब १० महीनाअघि चिनी खरिदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । आपूर्तिले स्वीकृति प्रदानको प्रक्रिया पूरा गर्न उक्त पत्र अर्थ मन्त्रालयमा पठाएको भए पनि अर्थ मन्त्रालयले उक्त पत्रमा कुनै पनि प्रक्रिया अघि नबढाएकाले सरकारी कम्पनीसँग अहिले चिनीको अभाव भएको हो ।
साल्ट ट्रेडिङसँँग अहिले करीब १ सय ५० मेट्रिकटन मात्र चिनी मौज्दात रहेको छ । मौज्दात नै कम भएपछि कर्पोरेशनले अहिले ग्राहकलाई बेच्नुपर्ने भन्दा कम परिमाणमा चिनी विक्री गरिरहेको छ । यसअघि कर्पोरेशनले तिहारको समयमा प्रतिग्राहक ६ किलोका दरले चिनी विक्री गर्ने गरेको भए पनि यस वर्षको तिहारमा मौज्दात सकिने डरले एकजना ग्राहकलाई २ किलोका दरले विक्री गरिरहेको छ ।
उपत्यकाबाहिरका उपभोक्ताले यस वर्ष सरकारी अनुदानको चिनी किन्न नपाएको कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए । कर्पोरेशनसँग चिनी नहुँदा बजार मूल्य नियन्त्रणमा समेत समस्या भएको उनले बताए ।
असोज १८, झापा । चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार ओटा पसललाई जरिवाना गरेको छ भने रू. २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जानकारी दिएको छ ।
पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० ओटा पालिकाको अनगुमन गरिसकेको जानकारी दिएको छ ।
अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान विक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार ओटा किराना पसललाई रू. पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताए ।
उनले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री म्याद गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ ।
‘कोभिड–१९ का कारण बजार भर्खर खुलेको छ, लामो समय पसल बन्द हुँदा कतिपय खाद्य सामग्रीको म्याद गुज्रिएको पाइयो’, उनले भने, ‘तर मूल्यमा भने खासै अन्तर देखिएन ।’ बजारमा समितिले अनुगमन नगरेर औपचारिकताकै लागि मात्र हिँडिरहेको उपभोक्ताले आरोप लगाएका छन् ।
मेचीनगर नगरपालिका– १० का उपभोक्ता हिमाकुमारी राईले पसलैपिच्छे सामानको मूल्य फरक हुने गरेको पाइए पनि अनुगमन समितिले केही नगरेको गुनासो गरे ।
उनका अनुसार बजारमा अन्य सामानको तुलनामा चिनी व्यापारीले मनपरी मूल्य अर्थात प्रतिकेजी रू. ८८ देखि १०० सम्ममा बेचिरहेको छन् ।
‘बजारमा चिनीको मूल्य पसलैपिच्छे फरक छ’, उनले भने, ‘अनुगमन समितिले वास्तै गर्दैन यसो हेरे जस्तो गरेर फर्कन्छ । अनुगमन गरे जस्तो गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।’
समितिका संयोजक तथा सहायक प्रजिअ रिमालले बजारमा चिनीको मूल्य उपभोक्ताले आरोप लगाए जस्तो धेरै फरक नपाइएको बताए । उनले बजार अनुगमनका क्रममा प्रतिकेजी रू. ८८ देखि रू. ९० मा चिनी बेचबिखन भइरहेको बताए ।
उनले भने, ‘हामीलाई एउटा मूल्य भन्ने तर उपभोक्तासँग अर्को मूल्य लिन्छन् भने थाहा भएन । छड्के अनुगमन गरेर त्यस्तो पाइएमा व्यापारीलाई कारवाही गर्छौं ।’ रासस
यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चाडपर्वका लागि चिनीको मौज्दात नहुँदा व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाउन सक्ने यसको मूल्य नियन्त्रणबाहिर जाने देखिएको छ ।यतिबेला साल्ट ट्रेडिङ कर्पोरेशनसँग करीब २ सय टन चिनी छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चिनीको मौज्दात शून्य छ । व्यापारीहरूले यही मौका
काठमाडौं । सरकारी अनुदानको चिनी किन्ने तथा बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिएको ६ महीना भइसक्दा पनि सरकारले किन्ने अनुमति दिएको छैन । किन्ने अनुमतिका लागि जिम्मेवार दुई निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालय बीचको उचित समन्वयको अभावका कारण अनुमति दिनमा ढिलाइ भएको बुझिएको छ ।
साल्टसँग भएको मौज्दात गतवर्षको मङ्सिर महीनामै सकिएको थियो । आफूसँग भएको मौज्दात सकिएपछि साल्टले गतपुस महीनामा ५० हजार मेट्रिकटन चिनी किन्ने अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । उक्त पत्र आपूर्तिबाट अर्थ मन्त्रालयमा पठाएर अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि मात्र साल्टले चिनी किन्न पाउँछ । तर, यी दुई मन्त्रालयको समन्वयको अभावका कारण चिनी किन्ने काममा ढिलाइ भएको हो ।
ढिलाइको कारणबारे आफूहरूले पटकपटक आपूर्ति मन्त्रालयमा बुझ्दा पनि कुनै ठोस जवाफ नपाएको साल्ट ट्रेडिङ कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीले बताए । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले ५० हजार मेट्रिकटन चिनी किन्न अनुमति माग्दै गतवर्ष पुस ९ गते नै अर्थ मन्त्रालयमा पत्र पठाइसकेको भए तापनि हालसम्म त्यसको कुनै जवाफ नआएको बताएकी छन् । अर्थले के कारणले यति लामो समयसम्म रोकेको हो थाहा नभएको उनले बताइन् ।
यसअघि आपूर्ति मन्त्रालयले यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले किन्ने अनुमति दिनमा ढिलाइ भएको बताइएको थियो । तर, चिनी उत्पादक संघले १ महीनाअघि नै उद्योगहरूले उत्पादन गरेको चिनीको परिमाणको तथ्यांक मन्त्रालयमा पठाइसकेको छ । यस वर्ष नेपालमा १ लाख मेट्रिकटन चिनी उत्पादन भएको छ ।
अर्थ मन्त्रालयले भने गतवर्षको पुसमा नभई यही वैशाख ९ गते मात्र आपूर्तिबाट चिनी किन्नका लागि पत्र आएको बताएको छ । मन्त्रालयका प्रवक्ता महेश आचार्यले गतवर्षको पुसमा आएको पत्रका बारेमा आपूmलाई जानकारी नभएको बताएका छन् ।
व्यापारीहरूले भने सरकारी कम्पनीसँग चिनी नभएको र निषेधाज्ञाको मौका छोप्दै मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् ।
करीब १ महीनाभित्र व्यापारीहरूले किलोमै १० रुपैयाँसम्म चिनीको मूल्य बढाएका छन् । यसअघि प्रतिकिलो ८५ रुपैयाँ रहेको चिनीको मूल्य यति बेला बढेर ९५ रुपैयाँसम्म पुगेको खुद्रा व्यापार संघले बताएको छ ।
जेठसम्मलाई पुग्ने चिनी मौज्दात रहेको बताएका चिनी उद्योगीहरूले निषेधाज्ञाका बेलामै मूल्य वृद्धि गरेका छन् । उद्योगीहरूले चैतसम्म उखु क्रसिङ गरेका थिए । तर सर्वसाधारण कोभिडको चपेटामा परिरहेका बेला चिनी उत्पादक संघले चिनीको मूल्य बढाएको छ ।
खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ मान्ने हो भने निषेधाज्ञाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उनीहरूले ४ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएका थिए । तर अहिले एकाएक भाउ बढाएको श्रेष्ठको भनाइ छ ।
‘भाउ बढ्नुको कारण नै छैन । मन्त्रालयमा भएको छ...
उखु किसानलाई शोषण गर्दै आएका चिनी उद्योगले मनपरी ढंगले चिनीको मूल्य निर्धारण गरेर बिक्री गर्दै आएका छन् । उत्पादन लागतलाई बेवास्ता गरी उद्योगले आफूखुसी मूल्य तोकेर बिक्री गर्दै आएको सरकारी छानबिनले देखाएको छ ।