आज देशभरका अदालत बन्द : नेकपा नामको विवादमा फैसला आउने मिति पनि पछि सर्‍याे

काठमाण्डाै – आज देशभरका अदालतहरु बन्द हुने भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक व्यक्त गर्दै देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । पूर्वप्रधानन्यायाधीश सिंहको अस्ति निधन भएको थियो । २०५२ सा...

सम्बन्धित सामग्री

म्याद थपका लागि महरालाई अदालत लगियो

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ।

हामीलाई विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर हराए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तत्कालिन नेकपामा विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर आफूहरुलाई हराएको बताएका छन् । पूर्वी चितवनमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले आफूलाई केपी ओलीले नभएर उनलाई सञ्चालन गर्ने विदेशी शक्तिले अदालत प्रयोग गरेर हराएको बताए।‘हामीलाई केपीले पराजित गरेका होइनन। केपीलाई सञ्चालन गर्ने विदेशी शक्तिहरुले यति ठूलो षड्यन्त्र र डिजाइन गरे त्यसमा अदालत प्रयोग गरेर पार्टीलाई दुई ठाउँमा पु¥याए। हामीले हारियौँ’ प्रचण्डले भने

अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकाप्रति ओलीको आक्रोश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखले सहयोगी भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप पनि लगाए ।उनले त्यस्ता गतिविधिको आफनो पार्टीले कानुन सम्मत ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिए । ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्र

आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने

काठमाडौं, भदौ ११। नेकपा (एकीकृत समाजवादी) दर्ता गर्दा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै त्यसविरुद्ध नेकपा एमालेले कानुनी उपचार खोज्ने भएको छ। एमालेबाट विभाजन भई बनेको नयाँ दल दर्ताका क्रममा आयोगले विवादास्पद निर्णय गरेको ठहरसहित त्यसविरुद्ध अदालत जाने निर्णय केन्द्रीय कमिटीले गरेको जानकारी सचिव प्रदीप ज्ञवालीले दिए। ‘निर्वाचन आयोगबाट विवादास्पद निर्णय भएका छन्। पार्टीले कारबाही […]

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

काठमाडौं, १० भदौ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित १४ सांसदमाथि कारबाहीको पत्र लेख्दा पनि अगाडि नबढाएको भन्दै सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । सापकोटाले कारबाही अगाडि नबढाएको र निर्वाचन आयोगले कारबाहीमा परेकाहरुको सनाखत लिएकोले कानूनी उपचारमा जाने […]

सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालत जान्छौँ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने बताएका छन्। सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री नियुक्तका लागि दिएको हस्ताक्षरसहित अदालत जाने बताएका हुन। उनले भने, "हामी फेरी अदालत जान्छौ। हिजो संसदभित्रै अर्को विकल्प भएको प्रमाणित भएजस्तै फेरि पनि प्रतिवाद गर्छौं। अदालतले फेरि लोकतन्त्र र संविधानको पक्षमा र निरंकुशताको विपक्षमा निर्णय गर्ने अपेक्षा छ।"

ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह अदालत जाने

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण विरुद्ध अदालत जाने भएको छ। नेपाल समूहका संघका २७ र कर्णाली प्रदेशका ५ जना गरी ३२ जना सांसदलाई ओलीले मंगलवार संसदबाट किन नहटाउने? भन्दै स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरणविरुद्ध अदालत जाने तयारी…

जुलुस, नारा र भाषणबाट अदालत प्रभावित हुनै सक्दैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुलुस, नारा र भाषणले अदालत प्रभावित हुन नसक्ने जवाफ सर्वोच्च अदालतलाई दिएका छन्।...

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै प्रचण्ड

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन्।

... तर सबैभन्दा ठूलो अदालत भनेकै जनताको अदालत हो : प्रचण्ड

विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा ठूलो अदालत भनेकै जनताको अदालत भएको बताएका छन् । नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वाेच्च अदालतले नै संसद पुनःस्थापना गर्ने विश्वास भए पनि जनताको अदालत जागरुक हुनुपर्ने बताए । ‘सर्वाेच्च अदालतले संसद पुनःस्थापना गर्छ भन्ने पूरै विश्वास छ । सर्वाेच्चले संविधानको सही व्याख्या गर्छ, सही व्याख्या भयो भने संसद पुनःस्थापना हुन्छ,’ उनल...