विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा ठूलो अदालत भनेकै जनताको अदालत भएको बताएका छन् ।
नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वाेच्च अदालतले नै संसद पुनःस्थापना गर्ने विश्वास भए पनि जनताको अदालत जागरुक हुनुपर्ने बताए ।
‘सर्वाेच्च अदालतले संसद पुनःस्थापना गर्छ भन्ने पूरै विश्वास छ । सर्वाेच्चले संविधानको सही व्याख्या गर्छ, सही व्याख्या भयो भने संसद पुनःस्थापना हुन्छ,’ उनल...