हामीलाई विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर हराए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तत्कालिन नेकपामा विदेशी शक्तिहरुले अदालत प्रयोग गरेर आफूहरुलाई हराएको बताएका छन् । पूर्वी चितवनमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डले आफूलाई केपी ओलीले नभएर उनलाई सञ्चालन गर्ने विदेशी शक्तिले अदालत प्रयोग गरेर हराएको बताए।‘हामीलाई केपीले पराजित गरेका होइनन। केपीलाई सञ्चालन गर्ने विदेशी शक्तिहरुले यति ठूलो षड्यन्त्र र डिजाइन गरे त्यसमा अदालत प्रयोग गरेर पार्टीलाई दुई ठाउँमा पु¥याए। हामीले हारियौँ’ प्रचण्डले भने