नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखले सहयोगी भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप पनि लगाए ।उनले त्यस्ता गतिविधिको आफनो पार्टीले कानुन सम्मत ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिए । ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्र