काठमाडाैं : बिसिसिआईले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं सिजनको मिति घोषणा गरेको छ।अप्रिल ९ देखी ३० मेसम्म प्रतियोगिता आयोजना हुने छ। ५२ दिन चल्ने प्रतियोगिताको फाइनल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ। आइपिएलको सबै खेल ६ सहरहरुमा हुने जनाइएको छ। जसमा अहमदाबाद, बैंगलोर, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा हुने छ।सबै टिमबीच ५२ दिन चल्ने प्रतिस्पर्धामा ६० खेल हुने जनाइएको छ। फाइनल तथा प्ले अफको खेलहरु अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुने जनाइएक