काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो फेज आजदेखि सुरू हुँदै छ। आज हुने खेलमा चेन्नाई सुपरकिङ्ग र मुम्बई इण्डियन भिड्ने छन्। युनाईटेड अबर इमिरेट्स (युएई) को दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने छ। गत मे मा भारतमा कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै २९ खेल खेलेर प्रतियोगिता स्थगित गरिएको थियो। बाँकी रहेका सबै ३१ खेल अब युएईमै हुने छन्।प्रतियोगितालाई कोरोनाबाट जोगाउन बिसिसिआईले कडा नियम लागु गरेको छ। लिगक