सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ तयार गरिएको छ । कार्ययोजनामा पाँच वर्ष पुराना मुद्दा आव २०८०/०८१ को अन्त्यसम्ममा शुन्यमा पुर्याउने लक्ष्य रहेको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार ८१९ थान रहेको थियो …