नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल निवासमै सपथ लिने चलन थियो । यो पटक भने राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि ठाउँ परिवर्तन गरेको जनाइएको छ ।गत वैशाख ६ गते राष्ट्रपति कार्यालयले संवैधानिक व्यवस्था भएका पदाधिकारीहरूको शपथ गराउने स्थान परिवर्तन गर्ने निर्णय भएको जानकारी प्रधानन्यायाधीशबाट आएप