सर्वोच्च अदालत खुला छ, तर त्यहाँ हुनुपर्ने कामहरू ठप्प छन् । तीन दिनदेखि सर्वोच्च अदालतमा कुनै मुद्दाहरूको सुनुवाइ भएको छैन । इजलास तोकिन्छ, तर न्यायाधीश र वकिलहरू इजलास जाँदैनन् । सर्वोच्च अदालतमा उपस्थित भएर हाजिर गरेपछि सर्वोच्चका अधिकांश न्यायाधीशहरू एक ठाउँमा जम्मा भएर अदालतको गरिमा बचाउन प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने विषयमा छलफल गर्छन् । मार्ग प्रशस्त भन्ने शब्दको अर्थ त बाटो खोल्ने हुन्छ, तर अदालतमा हुने छलफल बाटोलाई साँघुरो पार्दै प्रधानन्यायाधीशलाई किनारमा धकेल्नतिर लागेको देखिन्छ । अरूको झगडा मिलाउने न्याय...