पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त हुनुभएको छ ।
लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले आउँदो सोमवार पाकिस्तानी सर्वोच्च अदालतको न्यायाधीश पदको शपथ लिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति आरिफ अल्वीले हिजो न्यायाधीश मलिकको बढुवा र सर्वोच्च अदालतमा नियुक्तिको अनुमोदन गर्नुभएको हो ।
पाकिस्तानको न्यायिक आयोगले जनवरी महिनाको सुरुमा उहाँको नाम सिफारिस गरेको थियो । उहाँको कार्यकाल सन् २०३१ सम्म रहनेछ । वरिष्ठताका आधारमा उहाँ सन् २०३० मै प्रधानन्यायधीश बन्नुहुनेछ । कट्टर मुस्लिम देश भ...