काठमाडौं : माइतीघर मण्डला नाम नसुन्ने सायदै कोही छैनन् होला। प्रायः हरेक दिन केही न केही माग राखेर यहाँ प्रदर्शन, आन्दोलन तथा धर्ना दिनेको भिड देखिन्छ।पहिले पहिले दिनमा मात्र प्रदर्शन गर्न दिइन्थ्यो। केही महिनाअघि महावीर पुनले रात नै माइतीघरमै बिताएर प्रदर्शन गरेसँगै अहिले माइतीघरमा अड्डा नै जमाएर प्रदर्शनमा उत्रिनेको संख्या बढ्दो छ। अहिले यहाँ विभिन्न माग राखी पाल नै टाँगेर बसेको समूह पाँचभन्दा बढी छ।प्रदर्शनकारीहरू विहान बेलुकीको खाना खाजा त्यहीँ खान्छन् अनि त्यहीँ सुत