माइतीघर मण्डलासँगै जोडिएको छ, थापाथली इन्जिनियरिङ क्याम्पस ।सोही क्याम्पसमा अध्ययनरत विष्णु मुलपति यहाँ दिनहुँ हुने आन्दोलन तथा प्रदर्शनले राम्रोसंँग पढ्ने वातावरण नभएको गुनासो गर्छन् । ‘आन्दोलनकारीहरुको माइकिङले होहल्ला हुन्छ । यसले पढाइमा डिस्टर्ब हुन्छ,’ उनी भन्छन्, ‘आन्दोलनले यहाँ सधैंजसो जाम हुन्छ । जामले विद्यार्थीहरू तथा अन्य सर्वसाधारणलाईपनि समस्या छ ।” माइतीघरमा दैनिकजसो विभिन्न माग राखेर नारा,जुलुस, धर्नादेखि आन्दोलन गर्नेहरुको भीडभाड हुन्छ । सरकारले