काठमाडौँ– राजधानीको माइतीघर मण्डला शनिबार अपराह्न जलमग्न भएको छ। वर्षाका कारण माइतीघर मण्डला क्षेत्र जलमग्न भएको हो। ढल फुटेका कारण उक्त अवस्था आएको स्थानीयले बताए। एक्कासी ठूलो पानी परेपछि जमेको पानी निकास नहुँदा उक्त क्षेत्र तालमा परिणत भएको थियो। यसका कारण केहीबेर सवारीसाधनको आवागमनमा समेत कठिनाइ भएको थियो। पैदल यात्रुलाई बाटो वारपार गर्न पनि समस्या भएको […]