न्यायको पर्खाइमा रुकुम नरसंहारका पीडित, तस्बिरहरू

जाजरकोटका नवराज विकसहित ६ जना मारिएको दिनलाई जात व्यवस्थाविरुद्धको प्रतिरोध दिवसका रूपमा मनाइएको छ । दुई वर्षअघि आजकै दिन अन्तरजातीय प्रेम गरेको भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा विक र उनका ५ जना साथीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो । मारिनेमा विकसहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही थिए । संसदीय विशेष समितिले उक्त घटना जातीय विभेद र छुवाछुतकै कारण भएको निष्कर्ष निकाले पनि हालसम्म पीडित पक्षले न्याय पाउन सके

सम्बन्धित सामग्री

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

१ वैशाख, त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक …

राहतका पर्खाइमा छिन् हीरा

भेरीगङ्गा (सुर्खेत), २३ कात्तिक । रुकुम–पश्चिम आठबिसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो । दाईहरु भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उनी माइतीमा जान पाइनन् । यही कात्तिक १७ गते उनी घरको कामबाट फुर्सद मिलाएर भेटघाटको लागि माइतीमा गइन्। धेरैपछि आएकी बहिनीलाई माइतीमा मिठोमसिनो खुवाउनुपर्छ भनेर उनको दाइले मासु किनेर […]

राहतको पर्खाइमा त्रिवेणीका भूकम्पपीडित

जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते आएको भूकम्पका कारण प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडित राहतको पर्खाइमा रहेका छन् । यहाँका प्रभावितहरूले हालसम्म त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।

शोकमा जाजरकोट र रुकुम पश्चिमः राहतका पर्खाइमा भूकम्प पीडित

सुर्खेत - जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको...

जाजरकोट र रुकुम पश्चिम शोकमा: राहतका पर्खाइमा छन् भूकम्पपीडित

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ।...

कामबाट निकालिएका १३ जना नेपाली मलेसियामा उद्धारको पर्खाइमा

रुकुम पश्चिम – वैदशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका १३ जना युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि आफूहरू एक महिनादेखि एउटा कोठामा थुनिएर बसेको उनीहरूले बताएका छन् । रुकुम पश्चिमका चार जना र सुनसरीका नौ जना युवा मलेसियाको निलाई ७ मा अलपत्र परेका हुन् । उनीहरू वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका थिए ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, वडा नम्बर ११ का टेकबहादुर केसी र सुनील शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई...

रुकुम हत्याकाण्ड : दुई वर्षसम्म न्यायको पर्खाइमा पीडित परिवार

काठमाडौँ- अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको रुकुममा हत्या भएको दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका विक र उनका पाँच जना साथीहरूलाई लखेटी-लखेटी भे...

रुकुम हत्याकाण्ड : दुई वर्षसम्म न्यायको पर्खाइमा पीडित परिवार

काठमाडौँ- अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका पाँच जना साथीको रुकुममा हत्या भएको दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका विक र उनका पाँच जना साथीहरूलाई लखेटी-लखेटी भे...

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

सल्यान :  रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यर

स्तर वृद्धिको पर्खाइमा जिल्ला अस्पताल सल्यान

कात्तिक १३, सल्यान । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालन भइरहेको जिल्ला अस्पताल सल्यानको स्तर वृद्धि हुन सकेको छैन ।  १५ शय्याको अस्पतालको रुपमा मान्यता प्राप्त भएको झण्डै चार दशक पूरा भएको छ । तर यसको स्तर वृद्धि गरेर ५० शय्याको बनाउनको लागि सरोकारवालाहरुले एक दशकयता पहल गरिरहेका छन् ।  जिल्लाका सरोकारवाला निकायहरुले गरेको पहलले सार्थकता पाउन सकेको छैन । अस्पतालको स्तर वृद्धिका लागि आवश्यक भौतिक पुर्वाधार तयार पार्न स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाएपनि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तर वृद्धिको स्वीकृति नदिँदा समस्या भएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।  जिल्ला अस्पतालमा अहिले बिरामीको चाप छ । दैनिक १५० देखि २०० जना सम्म बिरामी आउँछन् । जटिल र सामान्य गरेर मासिक १५० बढी सुत्केरी हुन्छन् । अस्पतालमा अप्रशेन देखि दन्त सेवा समेत सञ्चालन छ । अस्पतालले १५ शय्याको मान्यता पाएपनि आकस्मिक र अन्य गरेर ४० शय्यामा सञ्चालन भइरहेको छ । यसै वर्षदेखि ३३ करोडको लागतमा नयाँ भवन निर्माण शुरु गर्ने तयारी गरिएको छ ।  अहिलेका संरचनाबाट नै तत्कालका लागि ५० शय्याको अस्पताल सञ्चालन गर्न सकिने र थप पुर्वाधारहरु निर्माणका लागि सहयोगी निकायले चासो दिईरहेकाले मन्त्रालयले अस्पतालको स्तर वृद्धिको निर्णय गरिदिए जिल्लावासीले सहज स्वास्थ्य सेवा पाउने स्वास्थ्यकर्मीहरुको भनाइ छ । अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुनु र १५ शय्याको अस्पताललाई ४० शय्यामा सञ्चालन गर्दा स्वास्थ्यकर्मीलाई भ्याइ नभ्याइ भएको अस्पतालका डा. प्रदिप शर्माले बताए ।  अस्पतालको स्तरवृद्धि नहुँदा समस्या भइरहेको उनको भनाइ छ । ‘जिल्ला अस्पतालमा सेवा लिनको लागि रोल्पा, रुकुम, जाजारकोटबाट समेत आउनुहुन्छ, यहाँ बिरामीको चाप नै हुन्छ, अस्पताल १५ शय्याको मात्रै भएकाले त्यही अनुसारको जनशक्ति छ, तर हामीले ४० शय्यामा सञ्चालन गरिरहेका छौँ’ उनले भने ‘उपचारका लागि यहाँ आएका बिरामीहरुलाई सकेसम्म यहीबाट नै निको बनाएर उठाउने हाम्रो प्रयास छ ।’  दोस्रो लहरको कोरोनाको उच्च जोखिमको समयमा भने झण्डै ७० बेड मार्फत सेवा प्रवाह गरिएको थियो । जिल्ला अस्पतालले ५० शय्याको मान्यता पाएमा स्वास्थ्यकर्मीको दरबन्दी बढ्ने, भौतिक संरचना थप निर्माण हुने तथा सेवा थप बिस्तार हुने र जसले गर्दा स्वास्थ्यकर्मीको अभाव, भवन अभाव जस्ता समस्या झेल्नु नपर्ने अस्पताल स्रोतले बताएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले पठाएका भेन्टिलेटर र आईसीयूका सामान प्रयोग बिहीन भएको बताए । तालिम प्राप्त जनशक्ति अभाव, भवन अभाव, सामान अपुग जस्ता कारण अस्पतालमा ६ शय्याको भेन्टिलेटर र १४ शय्याको आईसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । जिल्ला अस्पतालमा डाक्टर देखी कार्यालय सहयोगी सम्म गरेर ६५ जनाको दरबन्दी हो । अस्पतालमा ८ चिकित्सकको दरबन्दी भए पनि अहिले ४ जना कार्यरत छन् । ती सबै करारका हुन् । अस्पतालमा सबै गरेर १५/२० जना भन्दा बढी स्थायी कर्मचारी छैनन् । ‘लामो समयदेखि लोकसेवा खुल्न नसक्दा स्थायी कर्मचारी आउन नसकेको होलान्’ उनले भने ‘तर हामीले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी सहितको कर्मचारी हुनुपर्छ भनेर माग गरेका छौँ ।’  अस्पताल व्यवस्थापन समितीका अध्यक्ष चन्द्र प्रकाश ओलीले तत्कालै अस्पतालको स्तर वृद्धि गरिनुपर्ने बताए । यसबारेमा स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार, जिल्लाका नेतृत्वकर्ताहरुलाई घचघच्याउने काम गरिरहेको उनको भनाइ छ ।  १५ शय्याको अस्पताल ४० शय्यामा सञ्चालन भइरहेकोले केही समस्या भएको बताउँदै उनले भने ‘हामीले सेवालाई प्रभावकारी र स्तरीय बनाउनमा ध्यान केन्द्रित गरेका छौँ, ५० शय्याको मान्यता पाए लगत्तै सेवामा थप सुधार हुनेछ ।’