राहतको पर्खाइमा त्रिवेणीका भूकम्पपीडित

जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते आएको भूकम्पका कारण प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडित राहतको पर्खाइमा रहेका छन् । यहाँका प्रभावितहरूले हालसम्म त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

पुनर्निर्माणको पर्खाइमा पीडित

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको तीन महिना बितिसक्दासमेत जाजरकोट, रुकुमपश्चिमलगायत जिल्लामा पुनर्निर्माण हुन सकेको छैन । हिउँदको कठ्याङ्ग्रिँदो चिसोबाट थप पीडित बनेका भूकम्पपीडित सरकारले पुनर्निर्माण गरिदेला भन्ने आसमा छन् । आठबिसकोट नगरपालिका–१४ का भूकम्पपीडित खम्बु मल्लका अनुसार भूकम्पपीडित पुनर्निर्माणको पर्खाइमा छन् । भूकम्पपीडित केहीले अस्थायी आवास बनाएका भए पनि धेरैले अस्थायी आवास बनाउन रकमसमेत प्राप्त गर्न सकेका छैनन् । अस्थायी आवास बनाउन नसकेका पीडित भूकम्पले चर्किएको घरमै बस्न बाध्य छन् । अस्थायी आवास निर्माणको काममै सरकारले लामो समयसम्म अलमल गरिरहेको छ ।

राहतको पर्खाइमा भेरी नगरपालिका-११ र १३ का भूकम्पपीडित

भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण राहतको पर्खाइमा बसेका छन् । जाजरकोटमा आएको राहत सामग्री वितरण गरिए पनि राहत नपाएपछि भूकम्पपीडित पर्खेर बसेका हुन् ।

जाजरकोट र रुकुम पश्चिम शोकमा: राहतका पर्खाइमा छन् भूकम्पपीडित

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ।...

पुनरावेदन फैसलाको पर्खाइमा भूकम्पपीडित

रामेछापको मन्थली नगरपालिका–८, चिसापानीका ८४ वर्षीय लालबहादुर श्रेष्ठको भूकम्पले भत्किएको घर अझै बनेको छैन । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पले श्रेष्ठको घर बस्नै नहुने गरी भत्किएको भए पनि भूकम्पपछि पुनर्निर्माणको लाभग्राही सूचीमा परेको छैन । “गाउँका सबैको घर बनिसके, मेरो घर अझै लाभग्राही सूचीमा परेको छैन, घर लाभग्राहीमा आउँछ कि भनेर पुनरावेदन पनि गरँे तर त्यसको फैसला अझै भएको छैन” उहाँले भन्नुभयो । सरकारले भूकम्पपछि गरेको पहिलो सर्वेक्षणमा प्राविधिकको लापरबाहीले आफ्नो घर छुटेको उहाँको गुनासो छ । श्रेष्ठ अहिले नयाँ घर बनाएर बस्न पाउने आशमा लाभग्राहीका लागि दिएको पुनरावेदनको फैसलाको प्रतीक्षामा हुनुहुन्छ ।