रुकुम पश्चिम – वैदशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका १३ जना युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि आफूहरू एक महिनादेखि एउटा कोठामा थुनिएर बसेको उनीहरूले बताएका छन् । रुकुम पश्चिमका चार जना र सुनसरीका नौ जना युवा मलेसियाको निलाई ७ मा अलपत्र परेका हुन् । उनीहरू वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका थिए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, वडा नम्बर ११ का टेकबहादुर केसी र सुनील शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई...