झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

१ वैशाख, त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक …

सम्बन्धित सामग्री

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार […]

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसिकोट नगरपालिका-१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ ।

पातारासीका किसान आलुखेतीमा आकर्षित

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा भेटिन्छ लोर्पा गाउँ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी  मकै, गहुँ, जौ रोप्दा दु:ख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् । घर खर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलुखेतीबाट धान्ने गरेको स्थानीयवासी धनवीर बोहोराले बताए । स्थानीयवासीले उत्पादन गरेको कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीय बासिन्दा बताउँछन् । विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषिखेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिए । खलंगा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीँबाट निकासी हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । रासस

लिफ्ट सिँचाइको काम शुरू हुँदा स्थानीय खुशी

रौतहट (अस) । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा लिफ्ट सिँचाइ आयोजना बन्ने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३८ लाख रुपैयाँ लगानीमा गाउँमा लिफ्ट सिँचाइ योजना बन्ने भए पनि स्थानीयमा खुशी छाएको हो । सरकारले कृषि उत्पादनमा बढाउने उद्देश्यले लिफ्ट सिँचाइ योजना बनाउन शुरू गरेसँगै वडा नं १ डाँडाटोलका बासिन्दा उत्साहित भएको स्थानीय गौतम खड्काले बताए । उनका अनुसार डाँडाटोलका ७० भन्दा बढी परिवार उक्त सिँचाइ योजनाबाट लाभान्वित हुनेछन् । यसअघि हिउँदमा सिँचाइको सुविधा नहुँदा स्थानीयलाई खेती गर्न असहज भइरहेको छ । सिँचाइ अभावले हिउँदमा करीब ४० बिघा जमीन बाँझै रहने गरेको स्थानीय खड्काको भनाइ छ । डाँडाटोल कृषि उत्पादनका लागि उर्वर भए पनि हिउँदमा सिँचाइ सुविधा नहुँदा उत्पादनमा असर पर्न थालेको छ । आयोजना निर्माणका लागि शिलान्यास भइसकेकाले छिट्टै बन्ने आशा अर्का स्थानीय लक्ष्मण न्यौपानेले राखेका छन् । ‘आयोजना बन्नेपछि यहाँ कृषि उत्पादनमा बढेर आयस्रोत उकासिने आशा छ,’ न्यौपानेले भने, ‘आयोजनाको शिलान्यास भइसकेकाले छिट्टै बन्ने आशा छ ।’ सो क्षेत्रमा उत्पादित कृषि उपजका लागि बजारको पहुँच सहज भएकाले उत्पादन बढाउन पानी सिँचाइ आयोजनाले भूमिका निर्वाह गर्ने उनको भनाइ छ । कृषि उत्पादन वृद्धिका लागि चन्द्रपुर नगरपालिकाले बीउबिजन, परामर्श तथा अन्य सहयोग गर्दै आएको नगर प्रमुख रामचन्द्र चौधरीले बताए । नगरलाई नै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सके स्थानीयको आयस्तरमा सुधार आउने उनको भनाइ छ ।

हिल्सा नाका खोल्न हुम्लीको माग, आर्थिक संकटमा व्यवसायी

असोज २४, सिमकोट । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् ।  कोभिड–१९ को संक्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन् ।  सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए ।  आर्थिक संकटमा व्यवसायी यो सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक संकटमा परेको अध्यक्ष लामाले बताए । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरीदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए ।  नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरुको लगानी संकटमा पुगेका छन् । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ । रोजगारी गुम्यो हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करीब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ । वैशाख महीनाको अन्तिम महीनादेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारी लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् । वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुनेगरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या बनाएको नाम्काका स्थानीय दावा तामाङले बताए । करीब ८ महीना बढी चीनमा काम गरेर हुम्ला फिर्ता हुनेगरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउन समेत समस्या बनाएको उनले बताए ।  उनले भने,  ‘उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ ।’ हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुनुका साथै दशैंतिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको उनको भनाइ छ ।  च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दशैंमा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैं महँगो हुनेभएको छ ।  चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरीद गर्नुपरेको छ । विगत वर्षमा प्रत्येक वर्षको दशैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैं मनाउने गर्थे भने यो वर्षको दशैं हुम्लीको महँगो हुने भएको हो ।  हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर रू. १५ हजारदेखि ३० हजारसम्म विक्री हुने गरेको छ ।  चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा रू. १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरीद गर्दा रू. ३० हजारसम्म पर्ने गरेको सिमकोट २ का धनबहादुर भण्डारीले बताए । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् । व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैंका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर विक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकेजी रू.  एक हजार मूल्यमा विक्री हुने गरेको छ ।  विगतका वर्षमा दशैं आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । तर कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् । रासस

आत्मनिर्भर भनिएको धनुषामा तरकारी आयात बढ्दाे

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका बासिन्दा तरकारी बालीका लागि समीवर्ती पहाडी जिल्ला र छिमेकी देश भारतमा निर्भर रहँदै आएका छन् । चैतको अन्त्यदेखि असार आउनुभन्दा अघिसम्म जनकपुरधामका हाटबजारमा पहाडी जिल्लाहरू मकवानपुर र सिन्धुली तथा भारतबाट आउने काउली, बन्दा, टमाटर, मुला, गाजर, काक्रो, भेँडेखुसार्नी आदि तरकारीबाली बिक्रीवितरण हुने गर्छ ।

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी

दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताइन् । “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएको छ, विदेशिएका पुरुषसमेत मुग्लानबाट फर्केर तरकारी खेतीतिर लागेका छन्, कसैले तरकारी खेतीको व्यापारबाट तराईमा घडेरीसमेत कि...