पूर्वरानी कोमललाई आईसीयूमा सारियो, शरीरमा अक्सिजनको मात्रा निकै घट्यो

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित पूर्वरानी कोमल शाहलाई आईसीयू (सघन उपचार कक्ष) मा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा अत्यन्तै कम देखिएपछि आईसीयूमा सारिएको हो । उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि ‘हाई–फ्लो अक्सिजनको सपोर्ट’ मा आईसीयूमा राखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिनुभयो । शरीरमा अक्सिजनको मात्रा निकै घटेपछि हाई–फ्लो अक्सिजनको सपोर्टमा राखिन्छ । हिजो बेलुकादेखि पूर्वरानी कोमललाई आईसीयूमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र श...