बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । विहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले  अक्सिजनको अभाव हुन थालेको  बताएका हुन् ।बुधबार साँझ ६० वटा  सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न बाँकी रहेको बताउँदै त्यसले आज दिउँसोसम्म मात्रै  पुग्ने डाक्टर गौतमले बताए । कोरोना बिशेष अस्पतालमा  दैनिक १ सय ५ सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको बताउँदै  उनले आपुर्ति कम हुँदै गएको समस्या सुनाए ।&lsqu