अमेरिका (सान माटियो) । अमेरिकाको क्यालिफोर्नियास्थित एउटा वृद्ध आश्रममा जुस भन्ठानेर भाँडा माझ्ने रासायनिक झोल पिलाउँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
स्मरण क्षमता गुम्ने समस्याबाट पीडित महिला गट्रुड एलिजावेथ मुरिसन म्याक्जवेलको मृत्यु भएको हो ।
सान माटियोको एट्रिया पार्क सिनियर लिभिङ फ्यासिलिटीमा बस्दै आएकी उनी लगायत तीनजना महिलालाई गल्तीवश त्यही झोल जुस...