गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

१५ साउन, काठमाडौं । ललितपुरकी उर्मिला महर्जनले दैनिक मजदुरीमा जुठा भाँडा माझ्ने र सरसफाइको काम गर्न थालेको वर्षौं भयो । यसरी आएको रकमबाट घर खर्च चलाएर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीमा बचत गर्न थालिन् । कहिलेबाट रकम राख्न थालिन् ? कति रकम भयो उनीसँग राम्रो हिसाब पनि छैन । आमाले पनि नियमित कारोबार […]