धादिङ र गोरखामा बूढीगण्डकीको मुआब्जा : बोटबिरुवादेखि भाँडा माझ्ने ठाउँसम्मको तोकियो मूल्य

२२ चैत, काठमाडौं । सरकारले जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित धादिङ र गोरखाका वासिन्दालाई बोटबिरुवादेखि घर, गोठ र खोरको समेत मुआब्जा वितरणको प्रक्रिया अघि बढाएको छ । धादिङ र गोरखाका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले आज सूचना जारी गरेर मुआब्जाका लागि निवेदन दिन आह्वान गरेका छन् । धादिङको साविक गाविस सलाङ, खरी, मैदी, चैनपुर, ज्याम्रुङ, सल्यानटार, […]