उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भन्छन्- व्यापारीले कृतिम अभाव सिर्जना गर्दैछन्

काठमाडौं। बजारमा आपुर्ति समस्या नभएपनि दैनिक उपभोग्य वस्तुको मूल्यमा कालोबजारी गरिएको पाइएको छ। नेपाल सरकारसँग स्पष्ट आपुर्ति नीति नहुँदा कालोबजारी मौलाएको हो। आपुर्ति मन्त्रालयले हप्तामा एकपटक पत्रकार सम्मेलन गरेर उपभोक्तालाई मूल्य वृद्धि नभएको जानकारी दिन आवश्यक छ। बजार अनुगमन गर्न सिभिलियनको रुपमा कर्मचारी खटाउन आवश्यक रहेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन्।

सम्बन्धित सामग्री

‘अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणमा जुट्नुपर्छ’

काठमाडौँ– सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको […]

मोबाइल व्यवसायीलाई पोस्न ‘एमडीएमएस’ : उपभोक्ता अधिकारकर्मी

६ असोज, काठमाडौं । सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस प्रणाली लागू गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनाधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको थियो । तर, सरकारले सिमित व्यवसायीलाई फाइदा पुग्ने गरी […]

११ महिनामा महंगी दोब्बर, सरकारी हस्तक्षेप नहुँदा बजार अराजक

रुस–युक्रेन युद्धसँग सम्बन्धै नभएको र स्वदेशमै आत्मनिर्भर भएको वस्तुको समेत मूल्यवृद्धि भएको छ । यसको मुख्य जड कालोबजारी भएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुहुन्छ । हस्तक्षेप गर्नुपर्ने सरकारी निकाय निदाएर बसेको उहाँको आरोप छ ।

स्थानीय सरकारले मूल्यवृद्धि र कालोबजारीलाई बेवास्ता गरे : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मीले भर्खरै निर्वाचित स्थानीय तहका प्रमुखहरुले मूल्य वृद्धिलाई बेवास्ता गरेको आरोप लगाएका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघले विज्ञप्ति निकाल्दै स्थानीय तहले मूल्यवृद्धि र कालोबजारीलाई बेवास्ता गरेको उल्लेख गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारको निर्वाचन भर्खर सम्पन्न भएको छ । स्थानीय सरकारले विभिन्न निर्णय पनि गरिरहेका छन् । तर, उपभोक्तासँग सरोकार राख्ने बजार अनुगमन, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा भने ध्यान पुर्याएको देखिँदैन ।’&lsqu

मागभन्दा १० हजार २०० मेट्रिक टन धेरै ग्याँस भित्रिएपछि बढाइयो मूल्य

९ जेठ, काठमाडौं । नेपाल आयल निगमले आइतबार साँझ खाना पकाउने ग्याँससहित डिजल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य समेत बढायो । इन्धनमा भएको मूल्यवृद्धि पारदर्शी नभएको भन्दै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले फेसबुकमा लामो स्ट्याटस नै लेखे । ‘पेट्रोलियम पदार्थमा अनुचित मूल्य वृद्धि गरियो । उल्टो देशभरका पेट्रोल पम्पमा गत हप्तादेखि निगमको डिपो रित्तो […]

कालोबजारीलाई सरकारकै संरक्षण : उपभोक्ता अधिकारकर्मी

१ चेत, काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले सरकारकाे कमजोर उपस्थितिका कारण जनता हरेक दिन बजारमा लुटिने वातावरण बनेको आराेप लगाएका छन् । विश्व उपभोक्ता दिवसकाे अवसरमा मंगलबार आयाेजित कार्यक्रममा बाेल्दै उनीहरुले महँगीले जर्जर बनेको बजार नियमनमा सरकारी उपस्थिति शून्य भएको बताएका छन् । उनीहरुले कालोबजारीलाई सरकारकै संरक्षण रहेको आरोप समेत लगाए । उपभोक्ता अधिकारकर्मी विमला खनालले बजार […]

आरोप-प्रत्यारोपमा उत्रिए उपभोक्ता अधिकारकर्मी

३० फागुन, काठमाडौं । सोमबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा उपभोक्ता अधिकारकर्मीहरुको ७ वटा संस्थाका प्रतिनिधिहरु भेला भएका थिए । विश्व उपभोक्ता अधिकार अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन आयोजित कार्यक्रमको सुरुवातमै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले आफ्नो धारणा राखे । ‘एक्ला एक्लै हिंडेर हामी गन्तव्यमा पुग्दैनौं भन्ने निचोड भएपछि आज हामी सबै उपभोक्ता अधिकारकर्मीहरु मिलेर जाने निधो गरेका […]

बहालवाला मन्त्री नै व्यापारीको ‘एजेन्ट’ बन्छन् : उपभोक्ता अधिकारकर्मी बानियाँ

नेपालमा प्राकृतिक विपद् र अन्य महामारी चल्दा कालोबजारी र उपभोक्ता ठगी गर्ने सल्बलाउँछन् । चाडपर्वका बेला पनि उपभोक्ता ठग्न व्यापारी लागिपर्छन् । कानूनी प्रावधान र सजाय व्यवस्था कमजोर हुँदा कालोबजारी मौलाइरहेको छ । पछिल्लो समय त सरकारले नै पेट्रोलियम पदार्थमा उच्च कर लिएर उपभोक्तालाई चर्को मूल्यमा बिक्री गरिरहेको छ । रातोपाटीसँग कुराकानी क्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले कसरी नीतिगत तहदेखि नै उपभोक्ता ठग्ने सञ्जाल बिच्छ्याइएको छ भन्नेबारे व्याख्या गरे ।बजार राजनीतिक दलको

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनालाई जनसेवाश्री पदक

३ असोज, काठमाडौं । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सना जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले विभूषित गर्ने घोषणा गरेको सूचीमा उपभोक्ता अधिकारकर्मीको रुपमा उनको नाम समावेश छ । पछिल्लो १५ वर्षदेखि उपभोक्ता अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल रहेका तिमिल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन् । बजार मूल्य, गुणस्तर र अनुगमनमा पोख्त […]