उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनालाई जनसेवाश्री पदक

३ असोज, काठमाडौं । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सना जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले विभूषित गर्ने घोषणा गरेको सूचीमा उपभोक्ता अधिकारकर्मीको रुपमा उनको नाम समावेश छ । पछिल्लो १५ वर्षदेखि उपभोक्ता अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल रहेका तिमिल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन् । बजार मूल्य, गुणस्तर र अनुगमनमा पोख्त […]