हौसला बढाउन सङ्क्रमितका घरघरमा पुगेर परामर्श

पाँचथर, १९ जेठ: कोरोनाभाइरसका सङ्क्रमितहरूको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले घरघरमा पुगेर सुझाव र परामर्श दिन थालेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मङ्गलबार तीन वटा टोली नै बनाई सङ्क्रमितहरूलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श दिइएको हो । तीन टोलीले फिदिमको वडा नं १, २ र ४ मा रहेका […]

सम्बन्धित सामग्री

कृषि विकास बैंक र घरघरमा डाक्टरबीच सहकार्य

काठमाडौं। कृषि विकास बैंकले घरघरमा डाक्टर प्रालिसँग व्यावसायिक सहकार्यको सम्झौता गरेको छ । कम्पनीका अध्यक्ष हेमा जिसी र बैंकका उप–महाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीका अध्यक्ष जिसीले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको बताइन् । यसको लाभ दुवै पक्षलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा सचेतना अभिवृद्धि गर्न सके नागरिकको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने उनले बताइन् । बैंकका उप–महाप्रबन्धक न्यौपानेले कम्पनीका देशभरि रहेका सेवाग्राही, कर्मचारीको बचत खाता, कर्जा, बैंक जमानत तथा प्रतीतपत्र सम्बन्धी कारोबार समेत बैंकले गर्ने गरी सम्झौता भएको बताए । सम्झौतामा बैंकले कम्पनीका सेवाग्राहीको रू. ५ लाख बराबरको दुर्घटना बीमासहितको बैंक खाता खोल्ने र कर्मचारीका लागि विनाधितो कर्जा दिने उल्लेख छ । यसका अतिरिक्त तलब खातामा बैंकले विभिन्न सेवामा छूट प्रदान गर्ने बताइएको छ ।

विकट थास्पुरी गाउँमा एक घर, एक धारा जडान हुँदै

ढोरपाटन, २२ वैशाख । तमानखोला गाउँपालिका–५ थास्पुरी गाउँ अग्लो पहाडको बीचमा छ । प्रशस्त खेतीयोग्य जमिनले भरिएको यस गाउँमा वर्षौंदेखि खानेपानीको समस्या छ । स्थानीयवासीले घन्टौँ लगाएर एक गाग्री पानी भरेर उपभोग गर्दै आएका छन् । विद्यालय र सामुदायिक स्वास्थ्य परामर्श केन्द्रमा पनि खानेपानीको समस्या उस्तै छ । खानेपानीको समस्या समाधानका लागि अहिले गाउँका घरघरमा […]

ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्यकर्मी

सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन्। म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवं उपचार गर्ने उद्देश्यले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको हो। घरदैलोमै पुगेर ज्येष्ठजनको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको बेनी नगरपालिकाले जनाएको छ। बेनी नगरपालिकाभित्रका १० वटै वडाका घरघरमा पुगेर ज्येष्ठजनको तथ्याङ्क सङ्कलन, रक्तचाप चेकजाँच, स्वास्थ्य परामर्श र सामान्य औषधि वितरणका लागि कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ।

कोरोना संक्रमितको घरघरमा गएर स्वास्थ्य सामाग्री वितरण

पाँचथर । पाँचथरमा अहिले कोरोना संक्रमितहरूलाई मनोबल बढाउन घरघरमा गएर परामर्श दिन र स्वास्थ्य सामाग्री वितरण गर्न थालिएको छ ।  पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि ती संक्रमितहरू समेत बाहिर निस्केर हिँड्दा झनै जोखिम बढेको हुँदा उनीहरूलाई घरमै गएर परामर्श दिन र स्वास्थ्य सामाग्री वितरण थालिएको हो ।

कोरोना संक्रमितको अवस्था बुझ्न जनप्रतिनिधिको टोली घरघरमा

जेठ ५, धनकुटा । धनकुटा नगरपालिकाको १० ओटै वडामा कोरोना संक्रमितको समस्या बुझ्नका लागि जनप्रतिनिधिको टोली खटिएको छ । नगरपालिकाको सबै वडामा रहेका संक्रमितहरुको अवस्था बुझ्न स्वास्थ्य सामग्री सहित जनप्रतिनिधि पुगेका हुन् ।  विशेषगरी नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमित धेरै रहेका छन् । टोलीले नगरपालिकाको हिले, कागते, स्कुलडाँडा, छारागाउँ, भीमनारायण चोक, बीचबजार, हुलाक टोल लगायतका ठाउँमा रहेका संक्रमितहरुलाई परामर्श दिइएको छ । होम आइसोलेशनमा बसेका संक्रमितको अवस्था, स्वास्थयमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि वडा वडामा पुगेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।  नगरपालिकाभित्र रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था हेरेर उपचारको विधि अपनाउन लागि घरघरमा पुगेर सल्लाह दिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए । कोरोना संक्रमितलाई आवश्यक परामर्श र स्वास्थ्य सल्लाह खानपिन, सरसफाई, जोखिमको बारेमा जानकारी प्रदान गरिएको छ । उनीहरुलाई आवस्यक सुरक्षा सामग्री, औषधि समेत वितरण गरिएको छ । धनकुटा नगरपालिकामा अहिलेसम्म १६२ जना संक्रमित रहेकोमा ३२ निको भएका छन् । १२४ जना होम आइसोलेशन, ६ जना धनकुटा अस्पतालको आइसोलेशनमा रहेका छन् । संक्रिय संक्रमित मध्ये कसैमा पनि पनि अवस्था जटिल नदेखिएको भण्डारीले बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतदेखि वडाध्यक्षसम्म संक्रमित कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ भने यसपटकको संक्रमण थप घातक देखिएको छ । जसले  गर्दा संक्रमित हुनेको संख्याले दिनहुँ बढरिहेको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा धनकुटामा स्वास्थ्यकर्मी आमनागरिक मात्रै हैन जिल्लाका उच्च तहका व्यक्तिहरु संक्रमित हुने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरले जिल्लामा धनकुटा नगरपालिका बढी नै प्रभावित भएको छ । कोरोनाले धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतदेखि वडाध्यक्षसम्मलाई भेटेको छ । नगरपालिकाकै काममा रहेको बेला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापादेखि वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठलाई संक्रमण पुष्टि भएको छ ।  उनीहरु घरमै बसेर उपचार गरिरहेका छन् । अहिले उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए । ‘स्वास्थ्य अवस्था सुधार हुँदैछ सम्भवतः उहाँहरुलाई केही दिनमै ठिक हुन्छ होला ।’ यस्तै, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थापा सहित प्राविधिकहरु २ जना र १ जना कार्यालय सहयोगी संक्रमित भएका छन् भने वडा नं. ६ का अध्यक्ष नरेश श्रेष्ठ संक्रमित भएका छन् । उनीहरुको सबै होम आइसोलेशनमा बसेका छन् भने स्वास्थ्य अवस्थामा पनि सुधार हुँदै गएको भण्डारीले बताए । ‘संक्रमण पुष्टि भएपछि तयारीका साथ उपचार भइरहेको छ ।’ स्वास्थ्य शाखा प्रमुख भण्डारीले भने, ‘सबै संक्रमितसँग नियमित सम्पर्क गरेर स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।’ ‘संक्रमित भएको १३ दिन भयो अहिले अलि ठिक भयो ।’ वडाध्यक्ष श्रेष्ठ भने ‘३ दिनजति निकै समस्या भयो तैपनि घरैमा उपचार गरे, सबैलाई सचेत हुन आग्रह गर्दछु ।’ धनकुटा नगरपालिका ७ का एक कोरोना संक्रमितले सबै होम आइसोलेशनमा बसेका बिरामीको लागि कम्तिमा एउटा ज्वरो नाप्नको लागि थर्मल गन र अक्सिजन नाप्ने अक्सिमिटर आवश्यक परेको बताए । उनले अझैपनि कोरोनाले पार्ने असरबारे जनचेतनाको कमी रहेको बताए ।  कोरोना रोकथामबारे टोलटोलमा सचेतामूलक अभियानलाई तीव्र पार्नुपर्ने उनको भनाइ छ । ‘यति समस्या होला भनेर सोचेकै थिएन तर, मरेर बाचेको छु’, उनले भने ‘जिम्मेवार निकायका केहि सीमित व्यक्तिहरुको उपस्थितिमा सचेतना गराउन आवश्यक छ ।’

सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । आयुर्वेद औषधालय र आधारभूत स्वास्थ्य एकाइले होम आइसोलेशनमा रहेका बिरामीलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श र औषधि वितरण शुरु गरेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । आइतबार ३४ सङ्क्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी, जेठीमधु, गुड्चीलगायतका आयुर्वेदिक औषधि वितरण गरिएको पौडेलले बताउनुभयो । आयुर्वेदिक औषधि वितरणको कार्यक्रम नगरपालिकाका अन्य वडामा समेत सञ्चालन हुने पौडेलले बताउनुभयो ।

कनकाई नगरप्रमुख जो सङ्क्रमितको घरघरमा डाक्टर र अक्सिजन लिएर जान्छन्

देशमा कोरोना सङ्क्रमणबाट नागरिकहरु आक्रान्त बनिरहेको बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भने नगरका कोभिडका बिरामीहरुको घरघरमा चिकित्सक, आवश्यक अक्सिजन र औषधि लिएर जाने गर्नुभएको छ । नगरप्रमुख पोखरेलले बुधबार मात्रै अत्यावश्यक पर्ने ३ परिवारमा अक्शिजन पुर्याएको र नगरपालिकाले राखेको डाक्टर अभिषेक नायकबाट आवश्यक स्वास्थ्य परामर्श समेत गरिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । हाल नगरपालिकाले कोभिडका विरामीलाई लक्षित गरेर २० बेडको आइशुलेशन वार्ड समेत संचालनमा ल्याएको छ । नगरपालिकाभित्रका विरामीहरुलाई आवश्यक पर्दा नगरको आइशुलेशन वार्डमा ल्याइने र त्यहाँ पनि समस्या भएमा थप उपचारका लागि प्रदेश नम्बर एकको जुनसुक्कै अस्पतालमा उपचारका लागि लैजाने प्रबन्ध मिलाइएको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । यसका लागि नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स समेत तयारी अवस्थामा राखेको छ ।

खोटाङका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य परामर्श

उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो।

घरमै स्वास्थ्य सेवा पु-याउन सजिलो मेडस

‘अनलाइन फर्मा सबैको घरघरमा’ भन्ने उद्देश्यसहित सजिलो मेडस प्रालिले आफ्नो कार्य सञ्चालन गर्ने भएको छ । विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परीक्षणको सेवा दिने जनाएको छ ।

गर्भवती महिलामा चेतनाको दियो बाल्दै एक नमुना जोडी

धर्मराज जि.सी. सुर्खेत : आफ्नो घरगाउँ र छिमेकी वडाभित्रका गर्भवती अनि सुत्केरी महिला भएका घरघरमा पुगेर नियमित रूपमा भेटघाट तथा छलफल गरिरहेका हुन्छन्, रामबहादुर र उनकी पत्नी निर्मला विक। गर्भवती अवस्थामा महिलाले अपनाउनुपर्ने सावधानी र हुन सक्ने जाेखिमका बारेमा छलफल तथा परामर्श गरिरहेका देखिन्छन् ...