पाँचथर । पाँचथरमा अहिले कोरोना संक्रमितहरूलाई मनोबल बढाउन घरघरमा गएर परामर्श दिन र स्वास्थ्य सामाग्री वितरण गर्न थालिएको छ । पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि ती संक्रमितहरू समेत बाहिर निस्केर हिँड्दा झनै जोखिम बढेको हुँदा उनीहरूलाई घरमै गएर परामर्श दिन र स्वास्थ्य सामाग्री वितरण थालिएको हो ।