लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्न आग्रह गर्दै लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिहरूले समृद्ध लुम्बिनी निर्माणका लागि लाग्नु पर्ने बताएका छन्। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कपिलवस्तुमा बोल्दै प्रदेश प्रमुख शेरचनले संविधानले स्थानीय सरकार, प्रदेश, सङ्घीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारल