असोज २०, काठमाडौं । बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६२ प्रतिशतले बढेको छ । २ हजार ६१४ दशमलव ७४ विन्दुबाट शुरु भएको बजार ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६८१ दशमलव ११ विन्दुमा पुगेर बन्द भएको छ ।
यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ८१ लाख ८९ हजार ८९० कित्ता शेयरको ५५ हजार ३८५ पटकमा रू. ४ अर्ब ५० करोड ६ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कुल कारोबारमा आएका धितोपत्र मध्ये १२ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन वेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, ग्रामीण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी रिडी हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्य २ दशमलव १६ र १ दशमलव ४६ प्रतिशतले घटेको छ ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री सिटिजन्स बैंक इन्टरनेशनलको रू. २३ करोड ४ लाख ३७ हजार बराबरको भएको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार १४० मा रू. १६ करोड ८५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचाक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ५९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, बैंकिङ समूहको परिसुचक १ दशमलव २५ प्रतिशत, व्यापार समूहको २ दशमलव ११ प्रतिशत, होटल्स एण्ड टुरिजम समूहको शून्य दशमलव ९३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ४ दशमलव ८२ प्रतिशत, हाइड्रोपावर समूहको ३ दशमलव ४३ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५१ प्रतिशतले बढेको छ ।
यसैगरी उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ८९ प्रतिशत, अन्य समूहको १ दशमलव ८७ प्रतिशत, लघुवित्त समूहको ५ दशमलव ८ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ७६ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ६२ प्रतिशतका दरले वृद्धि भएको छ ।
यो दिन परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । साताको पहिलो र दोस्रो दिन घटेको नेप्से तेस्रो र चौथो दिन बढेको छ । करीब निराशाको अवस्थामा पुगेका लगानीकार्ताहरु बुधवार बजार बढ्दा उत्साहित बनेका छन् । चाडबाड नजिकिंदै गर्दा बजारले थोरै भएपनि सकामरात्मक गती लिएकाले लगानीकर्तालाई राहत मिलेको देखिन्छ ।