मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर

 काठमाडौँ । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरू हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार बिहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका […]

सम्बन्धित सामग्री

अवैध संरचना हटाउन म डोजर लगाउन तयार छु : मेयर बजाल

चैनपुर : बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङको सदरमुकाम चैनपुरमा निर्माण गरिएका अवैध संरचना डोजर प्रयोग गरेर हटाउने बताएका छन्।मंगलबार प्रगतिशील युवा समाज बझाङले आयोजना गरेको १२औं साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रममा सहभागीको जवाफ दिँदै मेयर बजालले उक्त कुरा बताएका हुन्।मेयर बजालले भने, ‘बाटो मिचेर कसैले घर बनाएका छन्। चैनपुर व्यवस्थापनका लागि एउटा मास्टर प्लान बनाउदै छौँ। त्यो प्लान अबको तीन महिनामा बनाइ सक्नेछौं। नक्साअनुसारको बाटो कसैले मिच्या छ भने २ इन्च पनि छोडि

मेयर बालेन एक्शनमा उत्रिएपछि काठमाडौंका सय बढी अवैध संरचना भत्काइयो

काठमाडौं, २० भदौ । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले […]

आयो मेयर साबको डोजर

‘कस्तो दिन आयो अवैध संरचना भत्काउनुपर्ने,न रुनु न हाँस्नु मनमा पीडा दबाएर राख्नुपर्ने,नक्सा पासै नगरी अवैध संरचनामा मोज गरत्यही अवैध संरचना भत्काउन आइपुग्यो मेयर साबको डोजर ।’यो कविताको हरफ कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ । तर, यसले वास्तविक जीवनमा नै मेल खाइसकेको अवस्था छ । पछिल्लो केही समयदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह […]

महानगरको एक्सन जारी : रत्नपार्कको सब–वेका अवैध संरचना भत्काइयो

काठमाडौँ महानगरले आफ्नो क्षेत्रमा रहेका अवैध संरचनाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको छ । ३५ दिने सूचना दिँदा पनि अटेर गर्नेहरू कहाँ मेयर बालेन शाह आफै डोजर लिएर त्यस्ता अवैध संरचना हटाइरहेका छन् ।काठमाडौँको नयाँ बानेश्वर, सुनधारा, नयाँ सडक, बनस्ठली क्षेत्रमा मेयर शाहले डोजर चलाइसकेका छन् । आइतबार काठमाडौँ महानगरले रत्नपार्क नजिकै रहेको सब-वेमा निर्माण गरिएको अवैध संरचना भत्काएको छ । यसपटक डोजरभन्दा पनि नगर प्रहरीहरू आफैले सो संरचना भत्काएका हुन् । हेरौँ तस्बिरहरू :

अल्फाबिटामा बालेनको एक्सन : बिहान सञ्चालकसँग झोक्किए, दिउँसो डोजर चलाए (भिडियो)

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । आज बिहान मात्रै अल्फाबिटा पुगेर अवैध संरचना तत्काल हटाउन निर्देशन दिएका मेयर बालेन शाहले दिउँसो पुनः पुगेर डोजर चलाएका हुन् । बिहान अवैध संरचना हटाउन निर्देशन दिँदै गर्दा मेयर बालेन शाह र कम्प्लेसका सञ्चालक द्विराज शर्माबीच सवाल जवाफ भएको थियो […]

मेयर बालेनको प्रतिक्रिया : नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ !

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन्। संरचना भत्काएपछि बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ?’उनले अवैध संरचना हटाउन आग्रह गरेका छन्। ‘अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला। नक्सा जसरी

मेयर बालेनले चलाए अवैध संरचनामा डोजर

काठमाडौं। वानेश्वरस्थित अल्फा बिटाको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । नक्साबिना नै अगाडिपट्टिको संरचना बनाएको भेटिएपछि महानगरपालिकाले डोजर चलाएको हो । बिहीबार बिहान अल्फा बिटाको अवैध संरचना अनुगमन गर्न पुगेका मेयर बालेन्द्र शाह र भवन सञ्चालकबिच भनाभन भएको थियो ।

अवैध संरचना भत्काउने मेयर बालेन साहको अभियानले लियो तीब्रता

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्र बनेका अवैध संरचना भत्काउने अभियानलाई तीब्रता दिएको छ । महानगरले दिएको ३५ दिने सूचनाको अवज्ञा भएपछि महानगरले प्रहरीको सहयोगमा बानेश्वरका व्यापारिक मलदेखि सरकारी स्वामित्वमा रहेको काठमाडौं मलमा समेत डोजर लगाएर भत्काउने काम भएको छ । जुनसुकै निकायको भएपनि अवैध संरचना भत्काएरै छाड्ने महानगरको प्रतिवद्धता छ । स्थानीय निकायको चुनावमा मत माग्दा […]

जिल्ला अदालतको अन्डरग्राउन्डलगायत सबै अवैध संरचना हटाउछाैँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार (आज) काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैँ फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठुला कसैलाई पनि नछाड्ने बताएका हुन् । अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरूलाई उनले भने, ‘काठमाडौँ जिल्ला अदालतको समेत खाली गराइँदै […]