अवैध संरचना हटाउन म डोजर लगाउन तयार छु : मेयर बजाल

चैनपुर : बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङको सदरमुकाम चैनपुरमा निर्माण गरिएका अवैध संरचना डोजर प्रयोग गरेर हटाउने बताएका छन्।मंगलबार प्रगतिशील युवा समाज बझाङले आयोजना गरेको १२औं साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रममा सहभागीको जवाफ दिँदै मेयर बजालले उक्त कुरा बताएका हुन्।मेयर बजालले भने, ‘बाटो मिचेर कसैले घर बनाएका छन्। चैनपुर व्यवस्थापनका लागि एउटा मास्टर प्लान बनाउदै छौँ। त्यो प्लान अबको तीन महिनामा बनाइ सक्नेछौं। नक्साअनुसारको बाटो कसैले मिच्या छ भने २ इन्च पनि छोडि

सम्बन्धित सामग्री

पोखरामा पनि अवैध संरचना हटाउने अभियान सुरु

काठमाडौंका मेयर बालेन शाहले सुरु गरेको अवैध संरचना हटाउने अभियानको पोखरामा पनि प्रभाव परेको छ । पोखरामा मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने अभियान पोखरा महानगरपालिकाले सुरु गरेको छ ।पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वमा रहेको आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालयलगायतका सटरमा महानगरले बिहीबार डोजर चलाएको मेयर धनराज आचार्यले बताए । भवन तथा सटरमा व्यवसाय सञ्चालन […]

मेयर बालेन एक्शनमा उत्रिएपछि काठमाडौंका सय बढी अवैध संरचना भत्काइयो

काठमाडौं, २० भदौ । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । आज नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले […]

आयो मेयर साबको डोजर

‘कस्तो दिन आयो अवैध संरचना भत्काउनुपर्ने,न रुनु न हाँस्नु मनमा पीडा दबाएर राख्नुपर्ने,नक्सा पासै नगरी अवैध संरचनामा मोज गरत्यही अवैध संरचना भत्काउन आइपुग्यो मेयर साबको डोजर ।’यो कविताको हरफ कसैको जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ । तर, यसले वास्तविक जीवनमा नै मेल खाइसकेको अवस्था छ । पछिल्लो केही समयदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह […]

महानगरको एक्सन जारी : रत्नपार्कको सब–वेका अवैध संरचना भत्काइयो

काठमाडौँ महानगरले आफ्नो क्षेत्रमा रहेका अवैध संरचनाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको छ । ३५ दिने सूचना दिँदा पनि अटेर गर्नेहरू कहाँ मेयर बालेन शाह आफै डोजर लिएर त्यस्ता अवैध संरचना हटाइरहेका छन् ।काठमाडौँको नयाँ बानेश्वर, सुनधारा, नयाँ सडक, बनस्ठली क्षेत्रमा मेयर शाहले डोजर चलाइसकेका छन् । आइतबार काठमाडौँ महानगरले रत्नपार्क नजिकै रहेको सब-वेमा निर्माण गरिएको अवैध संरचना भत्काएको छ । यसपटक डोजरभन्दा पनि नगर प्रहरीहरू आफैले सो संरचना भत्काएका हुन् । हेरौँ तस्बिरहरू :

मेयर बालेनको प्रतिक्रिया : नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ !

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन्। संरचना भत्काएपछि बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ?’उनले अवैध संरचना हटाउन आग्रह गरेका छन्। ‘अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला। नक्सा जसरी

काठमाडौँ महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना (तस्बिरहरु)

काठमाडौँ – नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना काठमाडौँ महानगरपालिकाले भत्काएको छ। अल्फाबिटाको अवैध संरचना भत्काउन बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफै डोजर लिएर पुगेका थिए। यसअघि आजै मेयर शाह अल्फाबिटा पुगेर अनधिकृत रुपमा बनेको संरचना हटाउन आग्रह गरेका थिए। संरचना हटाउन आग्रह गर्दा अल्फाबिटा ग्रुपका सञ्चालन द्विराज शर्माले मेयर शाहसँग उल्टै […]

अवैध संरचना हटाउन मेयर बालेन्द्रको ‘एक्शन’, कहाँ–कहाँ चल्यो डोजर ?

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले नक्सा पासमा उल्लेख भएभन्दा फरक ढङ्गले बनाएका संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।अस्ति साेमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साहकै उपस्थितिमा अवैध संरचना डोजर लगाएर हटाइएको हो । महानगरले आज सुन्धाराको काठमाण्डौ मलमा रहेका अवैध संरचना हटाएको छ भने अन्डरग्राउन्डमा राखिएका पसल पनि भत्काएको छ ।यस्तै ...

अवैध संरचना भत्काउने मेयर बालेन साहको अभियानले लियो तीब्रता

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्र बनेका अवैध संरचना भत्काउने अभियानलाई तीब्रता दिएको छ । महानगरले दिएको ३५ दिने सूचनाको अवज्ञा भएपछि महानगरले प्रहरीको सहयोगमा बानेश्वरका व्यापारिक मलदेखि सरकारी स्वामित्वमा रहेको काठमाडौं मलमा समेत डोजर लगाएर भत्काउने काम भएको छ । जुनसुकै निकायको भएपनि अवैध संरचना भत्काएरै छाड्ने महानगरको प्रतिवद्धता छ । स्थानीय निकायको चुनावमा मत माग्दा […]

जिल्ला अदालतको अन्डरग्राउन्डलगायत सबै अवैध संरचना हटाउछाैँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार (आज) काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैँ फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठुला कसैलाई पनि नछाड्ने बताएका हुन् । अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरूलाई उनले भने, ‘काठमाडौँ जिल्ला अदालतको समेत खाली गराइँदै […]