काठमाडौँ महानगरले आफ्नो क्षेत्रमा रहेका अवैध संरचनाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको छ । ३५ दिने सूचना दिँदा पनि अटेर गर्नेहरू कहाँ मेयर बालेन शाह आफै डोजर लिएर त्यस्ता अवैध संरचना हटाइरहेका छन् ।काठमाडौँको नयाँ बानेश्वर, सुनधारा, नयाँ सडक, बनस्ठली क्षेत्रमा मेयर शाहले डोजर चलाइसकेका छन् । आइतबार काठमाडौँ महानगरले रत्नपार्क नजिकै रहेको सब-वेमा निर्माण गरिएको अवैध संरचना भत्काएको छ । यसपटक डोजरभन्दा पनि नगर प्रहरीहरू आफैले सो संरचना भत्काएका हुन् । हेरौँ तस्बिरहरू :