काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सबै खाले अवैध संरचना हटाएरै छाड्ने बताएका छन् । बुधबार (आज) काठमाडौँको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैँ फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठुला कसैलाई पनि नछाड्ने बताएका हुन् । अवैध संरचनामा डोजर नचलाउन अनुरोध गर्दै आएकाहरूलाई उनले भने, ‘काठमाडौँ जिल्ला अदालतको समेत खाली गराइँदै […]