बाबुरामको गृहपालिकामा जसपा र माओवादीको टक्कर

बाबुराम भट्टराईको गृहपालिका पालुङटारको मेयर पदका लागि जसपा र माओवादी केन्द्रबीच कडा टक्कर देखिएको छ । दुई पार्टीबीच मात्र १६ मतको अन्तर रहेको छ ।बिहान ९ बजेको अपडेट अनुसार जसपाका प्रेम गुरुङले २६९२ मत ल्याउँदा माओवादी केन्द्रका विवस चिन्तनले २६७६ मत ल्याएका छन् । नेपाली काँग्रेसका दीपक कँडेलले २४८८ मत ल्याएका छन् । अब वडा नम्बर ४, ५, ६, ७ र ८ का मत गन्न बाँकी रहेको छ ।

सम्बन्धित सामग्री

जसपाले फहरायो माओवादीको किल्लामा झण्डा

महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ । जातीय समीकरण अनुसार महतो जातिलाई मेयर तथा उपमेयरमा टिकट नदिएकै कारण माओवादीको किल्ला भत्किएको गौशालावासीको भनाई छ ।०७४ मा अत्यधिक बहुमतका साथ मेयर उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी (जसपा) नेपाल सफल भएका छन् ।  जसपाका दिपेन्द्र महतोले मेयरमा ८७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५६२७ मत प्राप्त गरेका छन् ।त्यस्तै

उपमेयरमा माओवादीको मनोनयन खारेज, वैकल्पिक उम्मेदवार जसपाबाट

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । हालै जनता समाजवादी पार्टी (जसपा)बाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बनेका दीर्घराज श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको हो। जसपाको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको जिल्ला […]

विराटनगर महानगरपालिकाको मेयरका लागि उमेश यादवको स्वतन्त्र उम्मेदवारी

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि जसपा परित्याग गरेका नेता उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  उनले गठबन्धनप्रति असहमति जाहेर गर्दै हिजो जसपाको सधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए ।उनले त्यसबेला १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी

स्थानीय चुनाव: मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अ

माओवादी र मधेश विद्रोह नभएको भए देशमा अझै निरङ्कुशता बाँकी रहन्थ्यो : यादव

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए अझै पनि निरङ्कुशता जारी नै रहने बताउनुभएको छ ।  माओवादी केन्द्रको महाधिवेशनमा आज आइतवार शुभकामना दिने क्रममा अध्यक्ष यादवले भन्नुभयो, ‘माओवादी र मधेश विद्रोह नभएको भए देशमा लोकतन्त्र आउने थिएन, निरङ्कुशता हुने थियो । माओवादी र मधेश विद्रोहले देशलाई अघि बढाएको हो ।’ प्राप्त उपलब्धिलाई पनि केही प्रतिगामी तत्त्वहरुले खतरामा पारिरहेको भन्दै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने जसपाका अध्यक्ष ...

लुम्बिनीमा आलोपालो : माओवादीको पालो फागुन २ गतेसम्म

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबिच सहमति भएको छ ।मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान

‘माथि’बाटै रोकियो प्रदेश २ सरकारमा माओवादीको ‘इन्ट्री’

जनकपुर । माओवादी केन्द्रको अनिर्णयका कारण प्रदेश २ को सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेश संसदीय दललाई केन्द्रले हस्तक्षेप गरेको माओवादीका प्रदेश सांसदहरुको गुनासो छ ।जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा रहेको प्रदेश २ सरकारको मन्त्रिपरिषद हेरफेर गर्दा काँग्रेस र माओवादी केन्द्रलाई पनि सहभागी गराउने सहमति थियो । तर, सरकारमा काँग्रेस सहभागी भए पनि माओवादी सहभागी भएको छैन ।काँग्रेस तीनवटा मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी भएको छ । माओवादी केन्द्र दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन

माओवादीको प्रस्तावमा कांग्रेसको शर्त, किन 'ढुलमुल' छ ओली हटाउने कसरत ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन गृहकार्यमा रहेका दलहरु फेरि अलमलमा परेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबिच मतैक्य हुन नसक्दा ओली विरुद्धको मोर्चा कमजोर देखिएको छ। कांग्रेस र माओवादी केन्द्रले ओलीको विकल्प खोज्ने निर्णय गरिसकेको भए पनि जसपा भने…

संसद जोगाउन सरकारलाई दिएको समर्थन कायम राखेका हौं : नेता शक्ति बस्नेत

काठमाडौं : नेकपा माओवादी केन्द्रले संसद जोगाउनका लागि सरकारलाई दिएको समर्थन कायम राखेको बताएको छ। नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) ले सरकारलाई दिएको समर्थन कायमै राखेर प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नु माओवादीको दोधारे चरित्र भएको आरोप लगाइरहेका बेला माओवादी केन्द्रले भने संसदको रक्षाका लागि सरकारलाई समर्थन कायम गर्नुपरेको तर्क…

चुनावसम्म कार्यगत एकता गर्न जसपालाई माओवादीको प्रस्ताव

२९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो । ‘सत्ताको मात्रै कुरा होइन एजेण्डा मिल्ने दलहरूबीच चुनावसम्मै कार्यगत एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो’, बैठकमा सहभागी […]