विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि जसपा परित्याग गरेका नेता उमेश यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले गठबन्धनप्रति असहमति जाहेर गर्दै हिजो जसपाको सधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए । यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए ।उनले त्यसबेला १४ हजार ९ सय ५८, राप्रपाका प्रह्लाद प्रसाद साहले ५ हजार ५ सय २४ मत पाएका थिए । काँग्रेसबाट प्रमुख पदका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर विजयी