जनकपुर । माओवादी केन्द्रको अनिर्णयका कारण प्रदेश २ को सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेश संसदीय दललाई केन्द्रले हस्तक्षेप गरेको माओवादीका प्रदेश सांसदहरुको गुनासो छ ।जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा रहेको प्रदेश २ सरकारको मन्त्रिपरिषद हेरफेर गर्दा काँग्रेस र माओवादी केन्द्रलाई पनि सहभागी गराउने सहमति थियो । तर, सरकारमा काँग्रेस सहभागी भए पनि माओवादी सहभागी भएको छैन ।काँग्रेस तीनवटा मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी भएको छ । माओवादी केन्द्र दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन