जसपाले फहरायो माओवादीको किल्लामा झण्डा

 महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ । जातीय समीकरण अनुसार महतो जातिलाई मेयर तथा उपमेयरमा टिकट नदिएकै कारण माओवादीको किल्ला भत्किएको गौशालावासीको भनाई छ ।०७४ मा अत्यधिक बहुमतका साथ मेयर उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी (जसपा) नेपाल सफल भएका छन् ।  जसपाका दिपेन्द्र महतोले मेयरमा ८७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५६२७ मत प्राप्त गरेका छन् ।त्यस्तै

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबरहरु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले ठूलो दल भएकाले राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी रहने बताएका छन्। केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने भएको छ। माओवादी केन्द्रले सहमतिमै संसदबाट सत्यनिरुपण विधेयक अनुमोदन गराउने निर्णय गरेको छ। चितवनको निर्माणाधीन क्रिकेट मैदान निर्माणका लागि बागमती सरकारले ७० प्रतिशत लगानी गर्ने भएको छ।

पार्टी कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीको निधन भएकोप्रति पार्टी कार्यालयमा दुई दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय सल्लाहकार समेत रहेकी सीताको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको महासचिव देव गुरुङले बताए। सीताको आज बिहान निधन भएको थियो।

माओवादी कार्यालयमा दुई दिनसम्म झण्डा झुकाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाइने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको जनाइएको छ । बिहीबार जिल्ला, […]

चुनाव बहिष्कारको नारा लाउँदै आयोग पुगेका प्रदर्शनकारी पक्राउ (तस्वीरहरू)

काठमाडौं : चुनाव बहिष्कारको नारासहित निर्वाचन आयोगको कार्यालय अगाडि जुलुस गर्न गएका नेकपा क्रान्तिकारी माओवादी मोहन वैद्यनिकट (जबस) मोर्चाका कार्यकर्ता पक्राउ परेका छन्।प्रदर्शनकारीहरूले भोलि मंसिर ४ गते हुने चुनाव बहिष्कारको माग गर्दै कालो झण्डा देखाएका थिए।कालोझण्डा देखाउने क्रान्तिकारी माओवादीको विद्यार्थी अध्यक्ष हरि कृष्ण गजुरेलसहित  ७ जना कार्यकर्ता पक्राउ परेका छन्।केही तस्वीर झलक :

निर्वाचन आयोग नजिकै क्रान्तिकारी माओवादीको प्रदर्शन

३ मंसिर, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएका केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ […]

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लागो सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका बीच राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको हो । लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने नारा समेटिएको छ । यस्तै लोगोभित्र माओवादीको झण्डा बोकेका क्रान्तिकारीसहित पार्टी अध्यक्ष प्रचण्डको फोटो समेत रहेको छ ।यस्तै लोगोभित्र विश्व कम्युनिस्ट नेताहरुको फोटोका साथै देशभित्रका धार्मिक र ऐतिहासिक त

कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी माओवादीको : पुन

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए ।उनले भने, “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम

अनेरास्ववियु र क्रान्तिकारीका नेताले गरे झण्डा साटासाट - Naya Patrika

अनेरास्ववियु र अखिल (क्रान्तिकारी)का नेताहरुले एकअर्कामा एमाले र माओवादीको चुनाव चिन्ह अंकित झण्डा साटासाट गरेका छन् । राष्ट्रिय स्तरमा वाम तालमेल भए लगत्तै अनेरास्ववियु र क्रान्तिकारी देशब्यापी रुपमा संयुक्त भेला...पूरा पढ्नुहोस् »