कुमारी सुनौलो लगानी योजनाको इकाई चैत २३ गतेसम्म विक्रीमा रहने

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि विक्रीमा ल्याएको कुमारी सुनौलो लगानी योजनाको इकाई चैत २३ गतेसम्म विक्रीमा रहने भएको छ ।  योजनाको इकाई छिटो अवधि चैत १३ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलो अवधि चैत २३ गतेसम्म विक्री मिति तय गरिएको हो । सो मितिभन्दा अगाबै मागभन्दा बढी आवेदन प्राप्त भएमा विक्री बन्द गर्ने जानकारी समेत क्यापिटलले दिएको छ । योजना व्यवस्थापकको रुपमा रहेको क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरिएको हो । यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरीदविक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाइ छ ।  क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।  लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।  कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखि प्रकृतिको योजना रहेको छ । यस योजनाको कुल आकार रू. १ अर्बको रहनेछ । प्रारम्भिक आकार रू. ५० करोड रहेको यस योजनाको इकाई  न्यूनतम ५० प्रतिशत अर्थात् २ करोड ५० लाख विक्री हुनुपर्ने व्यवस्था छ । ५० प्रतिशतभन्दा कम इकाईका लागि खरीद आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ । खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछैन ।  योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरीदविक्री गर्न सकिनेछ । पहिलो चरणको निष्कासन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महीनाभित्र यो योजनाको इकाई निरन्तर निष्कासन तथा विक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ । योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस योजनाको इकाई निष्कासनका लागि लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले योजना व्यवस्थापकलाई व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्ने इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ । त्यसैगरी, कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

सम्बन्धित सामग्री

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ बढ्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले फागुन महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । कुमारी इक्वीटी फण्डको न्याभ माघ मसान्तमा १० रुपैयाँ ३२ पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ ३५ पैसा पुगेको हो ।  कुमारी धनवृद्धि योजनाको न्याभ माघ मसान्तमा १० रुपैयाँ ९० पैसा रहेकोमा फागुन मसान्तमा बढेर १० रुपैयाँ ९६ पैसा पुगेको हो । त्यस्तै यस फण्डले फागुन मसान्तसम्ममा रू. ५ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तसम्ममा रू. ४ करोड  ६७ लाख थियो । फागुन महीनामा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो ।  माघ महीनामा फण्डको जम्मा आम्दानी रू. ६ करोड ५ लाख रहेकोमा फागुन महीनामा बढेर रू. ६ करोड ९६ लाख पुगेको हो ।  त्यस्तै कुमारी इक्वीटी फण्डको नाफा पनि माघ महीनाको तुलनामा फागुन महीनामा वृद्धि भएको छ । माघ मसान्तमा फण्डले रू. २ करोड ९४ लाख नाफा कमाएकोमा फागुन मसान्तसम्ममा बढेर रू. ३ करोड २६ लाख पुगेको हो । फागुन महीनामा यस फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ३ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ४९ लाख पुगेको छ ।   कुमारी इक्वीटी फण्डकाे रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस् कुमारी धनवृद्धि योजनाकाे रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

कुमारी सबल योजनाको इकाई सूचीकृत

काठमाडौं ।  मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी सबल योजनाको इकाई सूचीकृत भएको छ ।  कुमारी लगानी कोष अन्तर्गत रहेको ‘कुमारी सबल योजना’को ७ करोड ४४ लाख ७५ हजार ७० इकाई नेप्सेमा सूचीकरण गरिएको हो ।  गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म यस योजनाको इकाई बिक्री खुला गरिएको थियो । कुमारी क्यापिटलले  कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको थियो । जसमध्ये विक्री  भएको इकाई मात्र सूचीकरण गरिएको हो । यस फण्डको इकाई कारोबारका लागि नेप्सेले ‘केएसवाइ’ संकेत दिएको छ ।

कुमारी सबल योजनाको एकाइ बाँडफाँट

कुमारी क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी सबल योजनाको एकाइ बाँडफाँट भएको छ ।  क्यापिटलले प्रतिएकाइ १० रुपैयाँका दरले १० करोड एकाइको १४ प्रतिशत अर्थात्...

कुमारी सुनौलो लगानी योजनाको नाफा माघमा घट्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजना माघ मसान्तसम्म १ करोड ६७ लाख रूपैयाँभन्दा बढी नाफामा रहेको छ । पुस मसान्तसम्म १ करोड ९८ लाख रूपैयाँभन्दा बढी नाफामा रहेको योजनाको नाफा माघमा भने घटेको हो । कम्पनीको जम्मा आम्दानी माघ मसान्तसम्म २ करोड १६ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जम्मा खर्च ४८ लाख ४० हजार रूपैयाँभन्दा बढी छ । पुस मसान्तसम्म योजनाको जम्मा आम्दानी २ करोड ३९ लाख रूपैयाँभन्दा बढी रहेको थियो भने जम्मा खर्च ४१ लाख ४१ हजार रूपैयाँभन्दा बढी रहेको थियो । खुलामुखी प्रकृतिको यस योजनाले माघ मसान्तसम्म धितोपत्र तथा बैंक मुद्दती निक्षेपमा गरेको लगानी धितोपत्र दलाल कमिसन सहित ३४ करोड २२ लाख ९८ हजार रूपैयाँभन्दा बढी रहेको छ । माघ मसान्तसम्म यस योजनाले बैंक मुद्दती निक्षेपमा ३ करोड ६० लाख रूपैयाँ लगानी गरेको छ । बैंक मुद्दती निक्षेप सहित योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने ३६ करोड ३२ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको लागतमूल्य भन्दा बजारमूल्य बढी रहेको छ । माघ मसान्तसम्म योजनाको इकाई ३ करोड ५९ लाख ६१ हजार ८०५ रहेको छ । पुस मसान्तसम्म योजनाको इकाई ३ करोड ६२ लाख ७५ हजार ४९० रहेको थियो । योजनाको प्रतिइकाई खुद मूल्य पुस मसान्तसम्म ११ रूपैयाँ १९ पैसा रहेको थियो भने माघ मसान्तसम्म ११ रूपैयाँ ११ पैसा कायम भएको छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नसहाेस

कुमारी बैंकको ‘बडादसैँ क्यास ब्याक तथा दक्षिणा योजना’को अवधि थपियो

कुमारी बैंकले नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गर्दै बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दसैँ दक्षिणा’ र ‘ क्यास ब्याक अफर’ योजनाको अवधि थप गरेको छ ।

कुमारी सुनौलो लगानी योजनाको भुक्तानी इसेवाबाटै

भुक्तानी सेवा प्रदायक इसेवामार्फत कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ । यो योजना कुमारी क्यापीटलको म्युचुअल फण्डको वेभसाइटमा इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो । अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । हाल इसेवाको […]

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ घट्यो,अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा केही घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ४० पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तसम्म १० रुपैयाँ १ पैसा रहेको छ । चैत महीनामा यस फण्डको न्याभ १० रुपैयाँ २८ पैसा थियो ।  त्यस्तै कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्म रू. ३ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा चैतको तुलनामा ४५ प्रतिशत कम हो । चैत मसान्तसम्म फण्डले रू. ५ करोड ५५ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७ करोड २५ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ४ करोड ९२ लाखमा झरेको हो । सूचीकृत धितोपत्रमा लगानी भने बढाएको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत धितोपमा रू. ४७ करोड ५६ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ५४ करोड ४८ लाख पुगेको छ ।  कुमारी इक्वीटी फण्ड भने वैशाख मसान्तसम्म रू. ३ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत महीनामा पनि फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो । चैत मसान्तसम्म फण्डले रू. ८८ लाख २२ हजार आम्दानी गरेको थियो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. १ करोड ६६ लाख ऋणात्मक रहेको छ । वैशाख मसान्तसम्म फण्डले सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४६ लाख लगानी गरेको छ । कुमारी इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी धनवृद्धि योजनाको इकाई बाँडफाँट

काठमाडौं, ५ असार । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्ड बाँडफाँट भएको छ । कम्पनीले यही १२ देखि २६ जेठसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँट भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५ (४) र विवरण […]

कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड

कुमारी क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाई बाँडफाँड भएको छ। कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई आज शुक्रबार बाँडफाँड भएको हो । कुमारी धनबृद्धि योजनाको प्रति इकाई रु १० दरको १२ करोड इकाई जेठ १० १२  देखि जेठ २६ गते सम्म निष्काशन भएको थियो । क्यापिटलका अनुसार  विजपूँजी वापतको १,८३,७६,०८९ इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको १०,४१,३१,१७० इकाई अन्य आवेदकलाई बाँडफाँड गरिएको छ । आवेदक दिएका १,३९,१३९ जना मध्ये रितपुर्वक आवेदन दिनेने १,३९,०९३ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ भने दोहोरो आवेदन दिने ४६ जना आवेदकहरुको आवेदन रद्द भएको छ।  यसरी बाँडफाँड गर्दा इकाई १०० देखि १००,००,००० सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।  क्यापिटलले यस योजनामा पहिलो २ वर्ष १० प्रतिशत, त्यसपछि ४ वर्ष १२ प्रतिशत, त्यसपछिको २ वर्ष १५ प्रतिशत र अन्तिम वर्ष १० वर्ष गरि दश वर्षको अवधिमा १०८ प्रतिशत लाभांश बितरण गर्ने प्रक्षेपण गरेको छ ।

कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा

जेठ १२, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको अर्को म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा आएको छ ।  क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. एक अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको हो । कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गर्न लागिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा बिहीवार कार्यालय अवधिपश्चात् छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ भने सो समयसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ ।