काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी सबल योजनाको इकाई सूचीकृत भएको छ । कुमारी लगानी कोष अन्तर्गत रहेको ‘कुमारी सबल योजना’को ७ करोड ४४ लाख ७५ हजार ७० इकाई नेप्सेमा सूचीकरण गरिएको हो ।
गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म यस योजनाको इकाई बिक्री खुला गरिएको थियो । कुमारी क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको थियो । जसमध्ये विक्री भएको इकाई मात्र सूचीकरण गरिएको हो । यस फण्डको इकाई कारोबारका लागि नेप्सेले ‘केएसवाइ’ संकेत दिएको छ ।