कुमारी सुनौलो लगानी योजनाको नाफा माघमा घट्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजना माघ मसान्तसम्म १ करोड ६७ लाख रूपैयाँभन्दा बढी नाफामा रहेको छ । पुस मसान्तसम्म १ करोड ९८ लाख रूपैयाँभन्दा बढी नाफामा रहेको योजनाको नाफा माघमा भने घटेको हो । कम्पनीको जम्मा आम्दानी माघ मसान्तसम्म २ करोड १६ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जम्मा खर्च ४८ लाख ४० हजार रूपैयाँभन्दा बढी छ । पुस मसान्तसम्म योजनाको जम्मा आम्दानी २ करोड ३९ लाख रूपैयाँभन्दा बढी रहेको थियो भने जम्मा खर्च ४१ लाख ४१ हजार रूपैयाँभन्दा बढी रहेको थियो । खुलामुखी प्रकृतिको यस योजनाले माघ मसान्तसम्म धितोपत्र तथा बैंक मुद्दती निक्षेपमा गरेको लगानी धितोपत्र दलाल कमिसन सहित ३४ करोड २२ लाख ९८ हजार रूपैयाँभन्दा बढी रहेको छ । माघ मसान्तसम्म यस योजनाले बैंक मुद्दती निक्षेपमा ३ करोड ६० लाख रूपैयाँ लगानी गरेको छ । बैंक मुद्दती निक्षेप सहित योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने ३६ करोड ३२ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा र बैंक मुद्दती निक्षेपमा गरेको लगानीको लागतमूल्य भन्दा बजारमूल्य बढी रहेको छ । माघ मसान्तसम्म योजनाको इकाई ३ करोड ५९ लाख ६१ हजार ८०५ रहेको छ । पुस मसान्तसम्म योजनाको इकाई ३ करोड ६२ लाख ७५ हजार ४९० रहेको थियो । योजनाको प्रतिइकाई खुद मूल्य पुस मसान्तसम्म ११ रूपैयाँ १९ पैसा रहेको थियो भने माघ मसान्तसम्म ११ रूपैयाँ ११ पैसा कायम भएको छ । रिपाेट हेर्न यहाँ क्लिक गर्नसहाेस 

सम्बन्धित सामग्री

कुमारी धनवृद्धि योजना र कुमारी इक्वीटी फण्डको न्याभ घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ असार मसान्तमा ११ रुपैयाँ १२ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ ८७ पैसामा झरेको हो । त्यस्तै कुमारी इक्वीटी फण्टको न्याभ असार मसान्तमा ११ रुपैयाँ ३ पैसा रहेकोमा साउन मसान्तमा १० रुपैयाँ ८१ पैसमा कायम भएको छ । यस फण्डले असार मसान्तमा रू. ६ करोड ९१ लाख नाफा कमाएकोमा साउन मसान्तमा रू. २ करोड १७ लाख नोक्सानीमा गएको हो । साउन मसान्तमा यस फण्डको जम्मा आम्दानी रू. १ करोड ९८ लाख ऋणात्मक रहेको छ । सोही कारण फण्ड नोक्सानीमा रहेको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७१ करोड ३४ लाख लगानी गरेको छ ।  कुमारी धनवृद्धि योजना पनि साउन मसान्तसम्ममा रू. २ करोड ७९ लाख नोक्सानीमा रहेको छ । यस फण्ड असार मसान्तसम्ममा भने रू. १३ करोड ९८ लाख नाफामा थियो । साउन महीनामा फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड ३ लाख लगानी गरेको छ ।    कुमारी धनवृद्धि योजनाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस  कुमारी इक्वीटी फण्डको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाको न्याभ घट्यो,अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार दुवै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा केही घटेको छ । कुमारी धनवृद्धि योजनाको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ४० पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै कुमारी इक्वीटी फण्डको न्याभ वैशाख मसान्तसम्म १० रुपैयाँ १ पैसा रहेको छ । चैत महीनामा यस फण्डको न्याभ १० रुपैयाँ २८ पैसा थियो ।  त्यस्तै कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तसम्म रू. ३ करोड ४ लाख नाफा कमाएको छ । यो नाफा चैतको तुलनामा ४५ प्रतिशत कम हो । चैत मसान्तसम्म फण्डले रू. ५ करोड ५५ लाख नाफा कमाएको थियो । वैशाख महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ७ करोड २५ लाख रहेकोमा वैशाख मसान्तमा घटेर रू. ४ करोड ९२ लाखमा झरेको हो । सूचीकृत धितोपत्रमा लगानी भने बढाएको छ । फण्डले चैत मसान्तसम्म सूचीकृत धितोपमा रू. ४७ करोड ५६ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ५४ करोड ४८ लाख पुगेको छ ।  कुमारी इक्वीटी फण्ड भने वैशाख मसान्तसम्म रू. ३ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत महीनामा पनि फण्ड रू. ५४ लाख ४२ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो । चैत मसान्तसम्म फण्डले रू. ८८ लाख २२ हजार आम्दानी गरेको थियो । वैशाख मसान्तमा भने फण्डको जम्मा आम्दानी रू. १ करोड ६६ लाख ऋणात्मक रहेको छ । वैशाख मसान्तसम्म फण्डले सूचीकृत धितोपत्रमा रू. ५८ करोड ४६ लाख लगानी गरेको छ । कुमारी इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् कुमारी धनवृद्धि योजनाको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी धनवृद्धि योजनाको नाफा फागुनमा आधाभन्दा बढीले घट्यो

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाको नाफा माघको तुलनामा फागुनमा घटेको छ ।  माघ मसान्तसम्म रू. ८ करोड २३ लाखभन्दा बढी नाफा गरेको यस योजनाले फागुन मसान्तसम्म भने रू. ४ करोड ९ लाखभन्दा बढी नाफा गरेको हो । फागुन महीनामा योजनाले रू. ५ करोड ६ लाखभन्दा बढी मात्र आम्दानी गरेको छ । यो आम्दानी माघमा रू. ९ करोड ५५ लाखभन्दा बढी थियो । माघको तुलनामा फागुनमा आम्दानी घटेको योजनाको खर्च भने बढेको छ । माघमा रू. १ करोड ३१ लाखभन्दा बढी खर्च गरेको योजनाले फागुनमा रू. १ करोड ५० लाखभन्दा बढी खर्च गरेको हो । आम्दानी कम र खर्च बढी भएकाले योजनाको नाफामा असर परेको देखिन्छ । माघ मसान्तसम्मको अवस्थामा प्रतिइकाई खुद मूल्य रू. १० दशमलव ६५ रहेको योजनाको फागुनमा यो मूल्य घटेर रू. १० दशमलव ३२ कायम भएको छ । योजनाको खुद सम्पत्ति माघमा रू. १२ करोड २५ लाखभन्दा बढी रहेकोमा फागुनमा रू. १२ करोड ६३ लाखभन्दा बढी कायम भएको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना गत असार ३ गतेदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनको ९ महीनामा योजनाको वित्तीय अवस्था राम्रो रहेको देखिन्छ । यस योजना सञ्चालनका लागि १२ करोड २५ लाख ७ हजार २५९ इकाई विक्री गरिएको थियो । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले फागुन मसान्तसम्म धितोपत्रमा कमिसन सहित रू. ७७ करोड ८० लाख ३० हजार लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. १८ करोड ५७ लाख १८ हजारले कम रहेको छ । फागुन मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य रू. ५९ करोड २० लाख ८५ हजार रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाको रू. १८ करोड लगानी रहेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

चैत महीनामा घट्यो कुमारी इक्वीटी फण्डको नाफा

वैशाख ११, काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डको नाफा चैत महीनामा कम भएको छ ।  आइतवार सार्वजनिक योजनाको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार रू. ४ करोड २३ लाखभन्दा बढी नाफा गरेको देखिएको हो । यो नाफा फागुन मसान्तसम्म भने रू. ५ करोड ६१ लाखभन्दा बढी थियो । चैत महीनामा आम्दानी घटेको र खर्च बढी भएकाले योजनाको नाफामा कमी आएको हो ।  फागुन महीनामा रू. ६ करोड ९५ लाखभन्दा बढी आम्दानी गरेको यस योजनाले चैत महीनामा रू. ५ करोड ७४ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । त्यस्तै फागुन महीनामा रू. १ करोड ३४ लाखभन्दा बढी खर्च गरेको योजनाले चैत महीनामा रू. १ करोड ५० लाखभन्दा बढी खर्च गरेको हो । धितोपत्रमा लगानी गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित बन्दमुखी प्रकृतिको यस योजनाले चैत मसान्तसम्म कमिशन सहित धितोपत्रमा लगानी गरेको लागत मूल्य रू. ७७ करोड १२ लाखभन्दा बढी छ ।  योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ५४ करोड ७६ लाखभन्दा बढी मात्र देखिन्छ । धितोपत्र दोस्रो बजार घट्दा योजनाले लगानी गरेको सूचीकृत कम्पनीको धितोपत्र मूल्यमा पनि कमी आएकाले बजारमूल्य कम देखिएको हो । योजनाको बैंक मुद्दती निक्षेपमा भने रू. १५ करोड रहेको छ । फागुन महीनासम्म रू. १ अर्ब ७ करोडभन्दा बढी रहेको खुद सम्पत्ति मूल्य चैत मसान्तसम्म रू. १ अर्ब ६ करोडभन्दा बढी कायम भएको छ । प्रतिइकाई खुद मूल्य फागुन मसान्तसम्म रू. १० दशमलव ७७ रहेकोमा चैत मसान्तसम्म रू. १० दशमलव ६४ मा झरेको छ ।  यस योजनाले १० करोड इकाई जारी गरेको थियो । २०७७ साल चैत ५ गतेदेखि सञ्चालित १० वर्षे अवधिको यस योजना २०८७ साल चैत ४ गते परिपक्व हुनेछ ।