कुमारी बैंकको ‘बडादसैँ क्यास ब्याक तथा दक्षिणा योजना’को अवधि थपियो

कुमारी बैंकले नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गर्दै बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दसैँ दक्षिणा’ र ‘ क्यास ब्याक अफर’ योजनाको अवधि थप गरेको छ ।

सम्बन्धित सामग्री

कुमारी बैंकको दसैं योजनाका विजेतालाई नगद फिर्ता

काठमाडौं– कुमारी बैंक लिमिटेडले दसैंलाई लक्षित गर्दै बचत खातामा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’ र क्यास ब्याक अफर योजनाको समय थप गरेको जनाएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म नगद फिर्ता दिएको जनाएको छ । सो […]

कुमारी बैंकले ल्यायो ‘बडा दशैँ क्यास ब्याक तथा दक्षिणा योजना’

आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र ‘एसअफ् एअफ्स अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।

कुमारी बैंकले ल्यायो ‘बडा दशैँ क्यास ब्याक तथा दक्षिणा योजना’

आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र ‘एसअफ् एअफ्स अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यासब्याक दिइने छ । क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट र […]

विजयादशमी : नगद दक्षिणा कि डिजिटल दक्षिणा ?

असोज २९, काठमाडौं । बडादशैंको मुख्य दिन विजयादशमी शुक्रवार मान्यजनका हातबाट टीका,जमरा लगाएर मनाइदैंछ ।   दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौं । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ। दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने छाप पनि परेको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको मौका पारेर प्रत्येक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । तर पछिल्ला केहि वर्षदेखि डिजिटल दक्षिणाको अवधारणा तिव्र रुपमा विकास भइरहेको छ । त्यसो त यो वर्ष कुमारी बैंकलगायत विभिन्न बैंकहरुले बडादशैंमा ‘डिजिटल दक्षिणा’अभियान ल्याएका छन् । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वाद, डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले उक्त अभियान ल्याएको कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना रहेकाले डिजिटल दक्षिणाले कम गर्ने  कम्पनीका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले बताए । यस अभियान अन्तर्गत बडादशैंमा पाँच दिन (विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म), दिपावलीमा लक्ष्मी पूजादेखि भाईटिकासम्म तथा छठ पर्वको दिन कुमारी बैंक स्मार्ट मोवाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत् गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा कम्पनीले दिने छ । कुमारी बैंकले  मात्र नभई अन्य बैंकहरुले पनि यो वर्ष डिजिटल दक्षिणाको फ्रेमवर्क कार्यान्वयनमा ल्याएका छन् । बैंकहरुले दशैंमा नगदरहित डिजिटल दक्षिणा दिनेहरुलाई आकर्षक क्यास ब्याक उपहार दिने घोषणा गरेका छन् । तर यसरी दक्षिणा दिंदा मोबाइल बैंकिङ एप मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, कारोबारको विवरणमा दक्षिणा राख्नुपर्ने हुन्छ । यस वर्षको दशैंमा करीब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ  । केन्द्रीय बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरको नयाँ नोट बजारमा बितरण गर्न छुट्याउने गर्दछ । हुन त दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ र ? यस्ता प्रश्न पनि यदकदा गर्ने गरिन्छ । यसको उत्तर सोझोरुपमा भन्ने हो भने वास्तवमा छैन नै । दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैं भनेजस्तै मात्र हो, जसको एक आपससँग खासै केही सम्बन्ध छैन । केन्द्रीय बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करी ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । नयाँ नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । नोटको आयु कति वर्ष हुन्छ भन्ने यकिन नभएता पनि जतन साथ प्रयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ ।  हुन पनि हो, दशैंमा नयाँ नोट प्रयोग गर्दा अबिर तथा टिका लाग्छ । दक्षिणाको रुपमा दिंदा त अबिर टिकादलेर दिने प्रचलन छ । नोटमा अबिर तथा टिका लागेपछि नोटको आयु कम हुन्छ । र झुत्रो हुने गर्दछ। नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना कम भएकाले नेपालमा छोटो समयमै नोट काम नलाग्ने अवस्थामा पुग्ने गरेको छ ।  अझ भन्ने हो भने नगद दक्षिणा हराउने या चोरी हुने डर त छँदैछ । नगदरहित डिजिटल दक्षिणा चोरी हुने त कुरै भएन । यस कारण पनि दशैंमा  मात्र हैन अन्य पर्वमा पनि अव दक्षिणाको सट्टा डिजिटल दक्षिणालाई प्राथमिकता दिनु पर्ने अवस्था आएको छ । डिजिटल दक्षिणा अभियानलाई नेपालमा अगाडि बढाउनको लागि केन्द्रीय बैंक तथा बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।उनीहरुका अनुसार डिजिटल दक्षिणाले मुलुकको आर्थिक भार कटौती गर्न मद्दत पुग्नुका साथै आर्थिक सुरक्षामा पनि टेवा पुर्‍याउँछ ।

सुबिसुको ‘दक्षिणा अफर’ इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

काठमाडौं । सुबिसु केबल नेटले बडादसैँको उपलक्ष्यमा ग्राहकहरु माझ सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ ।यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमवीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९९९ मै प्राप्त गर्न सक्नेछन् ।अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्ने छन् ।यसका साथसाथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवामार्फत गर्दा थप एक हजार क्यास ब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड

गाडी व्यवसायीलाई लाग्यो दशैँ, कुन कम्पनीको कस्तो छ अफर ?

अटोमोबाइल्स व्यवसाय चलायमान बन्ने सिजन हो अहिले । दशैँको मुखैमा हुने ‘नाडा अटो शो’ गत वर्षदेखि हुन पाएको छैन । यदि अटो शो हुँदो हो त, विभिन्न कम्पनीले त्यहीँबाट आफ्ना अफर सार्वजनिक गर्थे । तर, अहिले कम्पनीहरुले दशैँ र तिहार लक्षित अफरहरु सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फ सार्वजनिक गर्दै आएका छन् ।बिक्रेताहरुले आफ्नो शोरुमसम्म ग्राहकलाई तान्न विभिन्न अफर ल्याएका छन् । सर्भिसिङदेखि नगद छुटसम्मका स्किमहरु छन् । यति मात्रै नभई कम्पनीहरुले गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेका छन् ।सुजुकीसुजुकी चार पांग्रे सवारीको नेपालका लागि आधिकारिक बिक्रेता हो सिजी मोटोकर्प । सिजी मोटोकर्पले चाडपर्व लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।यो योजना अन्तर्गत २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सकिने छ । हुण्डाईहुण्डाई ब्राण्डका गाडीको नेपालको आधिकारिक बिक्रेता हो लक्ष्मी इन्टरकन्टिनेन्टल । कम्पनीले चाडपर्वको अवसरमा ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक अफर योजना ल्याएको छ । यस अफर योजनाअन्तर्गत ३ लाख रुपैयाँसम्मको नगद छुट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म थप नगद छुटसहित १ वर्षसम्मको बीमा र सडक दस्तुर फ्रि गरिदिएको छ ।बम्पर उपहारमा १ जना ग्राहकले लक्की ड्रमार्फत हुण्डाई आई–२० गाडी पाउने छन् ।ड्याट्सनड्याट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो पायोनियर मोटोकर्प । कम्पनीले चाडपर्वको अवसरमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ नामक अफर योजना ल्याएको छ ।यो योजनामा ग्राहकले २ लाख ४ हजार १५२ रुपैयाँको विशेष सुविधा, १ लाख २५ हजार नगद छुट पाउने छन् । ड्याट्सनको गाडी किन्ने ग्राहकले २७ हजार ९९९ रुपैयाँ पर्ने रेड्मी नोट–१० एस मोबाइल पनि पाउने छन् ।१ वर्षको बीमा, एक आर्थिक वर्षको कर पनि योजनामा समावेश गराईएको छ । फाइनान्स र एक्स्चेन्ज अफर पनि उपलब्ध रहेको छ ।निशाननिशानका गाडीहरु नेपालमा बिक्रि गर्ने आधिकारिक बिक्रेता हो पायोनियोर मोटोकर्प । कम्पनीले चाडपर्व लक्षित ‘निशान फेस्टिभ ड्राइभ’ नामक अफर योजना ल्याएको छ । योजनाअन्तर्गत निशान गाडी खरिदमा २ लाख ५० हजारसम्म नगद छुट, १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर, ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहेको छ ।टाटाटाटा मोटर्सको नेपालका लागि आधिकारीक वितरक हो सिप्रदी ट्रेडिङ प्रा.ली. । कम्पनीले दशैँ तिहारको अवसरमा ‘यसपालीको दशैँ तिहार, टाटाका सफेस्ट कार, हर्षमय परिवार’ नामक योजना ल्याएको छ ।यो योजनाअन्तर्गत २ लाखसम्म नगद छुट, एक्सचेन्ज बोनस, निशुल्क एक्सेसोरिज र एक वर्षको निःशुल्क सडक कर रहेको छ । व्यवसायीक गाडीमा खरिद तथा बुकिङमा ग्राहकले ४ पटकसम्म उपहार पाउने छन् । टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक लगायतका व्यवसायीक गाडीको खरिदमा ग्राहकले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक लगायतका उपहार प्राप्त गर्न सक्नेछन् ।कम्पनीले हरेक साता ‘लक्की ड्र’ मार्फत गाडी बुकिङ गर्ने ग्राहकहरूमध्ये १ जनालाई ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्रमा गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जनाले थप उपहार पाउने पनि जनाएको छ ।प्रोटोनप्रोटोनको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि चाडपर्व लक्षित योजना ल्याएको छ । ‘दशैँ–दक्षिणा’ नामक योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–७० को खरिदमा ६ लाख रुपैयाँसम्म दक्षिणा पाउन सक्नेछन् ।कुनै पनि ब्राण्डको पुरानो गाडी राखेर नयाँ प्रोटोन एक्सचेन्ज गरेमो ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध गराईने कम्पनीले जनाएको छ । पूरै पैसा तिरेर नयाँ गाडी किन्दा ५० हजारदेखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।किस्ताबन्दीमा सवारी खरिद गर्न शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट कोओपरेटिभले इन–हाउस फाइनान्सिङको सुविधा पनि उपलब्ध गराउने छ ।अफर समायोजन नगरी प्रोटोन सागाको मूल्य ३७ लाख ९९ हजार र प्रोटोन एक्स–७० को मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।फक्सवागनफक्सवागन गाडीको लागि नेपालको आधिकारिक बिक्रेता हो पुजा इन्टरनेशनल । कम्पनीले ‘दशैँ तिहार भल्क फेस्ट’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले बिएमडब्लु जी–३१० जिएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्ल्पि–३ मोबाइल जित्न सकिनेछ । नगद छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।फोर्सफोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं तिहार लक्षित फोर्सको १० अफर योजना ल्याएको छ । फोर्स मोटर्सले ‘फोर्स मोटर्स दशैँ तिहारमा १० अफर’ नामक योजना ल्याएको हो ।अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पार्टस्मा १० प्रतिशत छुट प्रदान गरिने कम्पनीका महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभ–टु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीले जनाएको छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ ।