कोकाकोलाले कोभिड-१९ को बढ्दो जोखिमलाई रोक्न आवश्यक खोप सुविधा, स्वास्थ्य सुरक्षा सामाग्री तथा सचेतना कार्यक्रम सञ्चालन गर्न २ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कोकाकोलाले स्वास्थ्य सुरक्षा सामग्रीहरु पीपीइ, मास्क, पञ्जा, सेनिटाइजरहरु आदि प्रदान गर्ने जनाएको छ। साथै, खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशैभरी जागरुकता फैलाउने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ।
कोभिड-१९ को महामारी रोकथामका लागि कोकाकोलाले विश्वव्यापी रुपमा एक विशेष 'स्टप द स्प्रेड' कोष खडा गरेको छ। यही कोष सदुपयोग ग...