यातायातबाट २ करोड बढी राजस्व

लमजुङमा यातायात सेवा सुरु भएको पहिलो आर्थिक वर्षमा २ करोड बढी रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको असोज पहिलो सातादेखि सुरु भएको यातायात सेवा प्रवाहबाट असार मसान्तसम्मको अवधीमा २ करोड ४२ लाख २६ हजार ५ सय ३ रुपैयाँ राजस्व संकलन भएको हो ।जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत असोजको ४ गतेबाट यातायातसम्बन्धी सेवा प्रवाह […]

सम्बन्धित सामग्री

९ सय बढी व्यवसायीको मिसम्याच कारोबार

परासी । नवलपरासीका ९ सय भन्दा बढी व्यवसायीको आय विवरण र वास्ताविक कारोबार मिसम्याच भएको छ । मिसम्याच देखिएपछि उनीहरुबाट थप राजस्व रकम जम्मा गर्न लगाइएको छ । जसबाट २ करोड बढी राजस्व संकलन भएको करदाता सेवा कार्यालय परासीका कर अधिकृत विकल्प भट्टराईले जानकारी दिनुभयो । व्यवसायीहरुले कार्यालयमा पेश गरेको आय विवरण र उनीहरुले गरेको […]

जग्गा राजस्वमा २७ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको चैत महिनामा वर्षकै सबै भन्दा बढी जग्गा कारोबार र राजस्व संकलन भएको छ । फागुन महिनामा जग्गाको कारोबारबाट ३ अर्ब ५६ करोड राजस्व संकलन भएकोमा चैतमा ४ अर्ब ५१ करोड रुपैयाँ भएको हो । चालु आवको चैत महिनासम्ममाभने ३० अर्ब २ करोड रुपैयाँ राजस्व असुली भएको छ । अघिल्लो महिनाको तुलनामा चैतमा […]

एक महिनामै १३ हजारभन्दा बढी पर्यटक पुगे खुम्बु

सोलुखुम्बु :  एक महिनामा  विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि १३ हजार बढी पर्यटक खुम्बु क्षेत्र आइपुगेका छन्। कात्तिक महिनामा  मात्र खुम्बु क्षेत्रको भ्रमणका लागि १३ हजार १५८ जना पर्यटक खुम्बु आइपुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ।खुम्बु पुगेकामध्ये नेपाली एक हजार  ५ जना, सार्क  क्षेत्रका ७८६ जना र अन्य देशका १० हजार ८७२ जना छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ।निकुञ्जले क

सवारी कारबाहीबाट २ करोड राजस्व संकलन

चितवन (अस) । चितवन ट्राफिक प्रहरीले सवारीसाधनको कारबाहीबाट २ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म)मा जिल्ला ट्राफिक कार्यालय, चितवनले २ करोड ३२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । सो अवधिमा २४ हजार ४६४ ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्यांक छ । कार्यालयका अनुसार ९ महीनामा ६ हजार ५७६ ओटा मोटरसाइकल कारबाहीमा परेका छन् । मोटरसाइकलबाट मात्रै ५५ लाख १० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै १ हजार १७६ ट्र्याक्टरको कारबाहीबाट ११ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयको तथ्यांक छ । सो अवधिमा ५ हजार ५९३ जीप, कारको कारबाहीबाट ५२ लाख ३ हजार रुपैयाँ राजस्व असुली भएको छ । कार्यालयका अनुसार ४ हजार ६४९ ओटा ट्रक/टिपरको कारबाहीबाट ५० लाख २५ हजार रुपैयाँ संकलन गरिएको छ । त्यस्तै ३ हजार १०९ माइक्रो बस/बसको कारबाहीबाट २८ लाख ७८ हजार ५०० रुपैयाँ र टेम्पो तथा अन्य सवारीसाधनको कारबाहीबाट २५ लाख ७३ हजार रुपैयाँ राजस्व असुली भएको ट्राफिक प्रहरी कार्यालय चितवन प्रमुख धर्मबहादुर अधिकारीले बताए । उनका अनुसार मोटरसाइकल बढी दुर्घटनामा परेका छन् भने ट्राफिक नियम उल्लंघन पनि मोटरसाइकलबाटै बढी मात्रामा भएको छ । कतिपय मोटरसाइकल चालकले चालक अनुमतिपत्र तथा ब्लुबुक नबोकी हिँड्ने गरेको पाइएको छ । अन्य सवारीसाधनको हकमा मापसे, लेन अनुशासन पालना नगर्ने, ओभरलोड, यान्त्रिक गढबढी लगायत कमजोरी/गल्ती भेटिएको प्रहरीको भनाइ छ ।

सवारी कारवाहीबाट साढे दुई करोड राजस्व संकलन

सिन्धुली-जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी कारवाहीबाट सात महिनामा साढे २ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको सात महिनामा सवारी कारवाहीबाट २ करोड ७५ लाख ७ हजार राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीका अनुसार ट्राफिक नियम पालान नगर्ने […]

हिमाल आरोहणबाट दश दिनमै २ करोड २८ लाख राजस्व संकलन

पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै विभागले उक्त राजस्व संकलन गरेको हो । विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसपछि धौलागिरी हिमालको आरोहण शूल्कबापत ४२ लाख, कञ्चनजंगा आरोहण

चौरजहारी नपामा लक्ष्यभन्दा बढी राजस्व संकलन हुने

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने बताएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नगरपालिकाले २ करोड ४६ लाख ८२ हजार रुपैयाँ संकलन गरिसकेको छ । यो कुल लक्ष्यको ८२ हो । चौरजहारी नगरपालिकाले चालू आवमा ३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । राजस्वको लक्ष्य हासिल गर्न बाँकी ५३ लाख १७ हजार पनि सजिलै संकलन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । चालू आवको उक्त लक्ष्य संशोधनपछिको हो । नगरपालिकाले शुरूमा २ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । गत फागुन १९ र २० गते भएको नगरसभाले त्यसलाई संशोधन गरी आन्तरिक राजस्व संकलनको लक्ष्य बढाएको हो । लक्ष्य सजिलै पूरा हुने भएपछि संशोधन गरेर राजस्व संकलनको लक्ष्य १ करोड बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । नगरपालिकाले मालपोत कर, सम्पत्ति कर, व्यवसाय कर, बालुवा गिट्टी, सेवा शुल्क, दस्तुर, नगर बस सेवा, एम्बुलेन्स सेवा, शहीद स्मृति नगर अस्पतालबाट उठ्ने सेवा शुल्क, घर बहाल कर, नक्सा पास दस्तुर, प्रशासनिक दण्ड जरीवाना लगायत शीर्षकबाट राजस्व संकलन गरिरहेको बताएको छ । नगरप्रमुख विशाल शर्माले करको दायरा, जनशक्ति बढाइएकाले राजस्व संकलनको लक्ष्य पनि बढाइएको बताए । नगरसभाले प्रारम्भिक रूपमा निर्धारण गरेको लक्ष्यमा रू. १ करोड बढाइँदा पनि नगरपालिका सहजै हासिल गर्ने अवस्थामा गएको प्रमुख शर्माले बताए । वडाका कर्मचारीदेखि नगरपालिका र सरोकारवाला सबैको साथ, सहयोग र प्रतिबद्धताबाट यो सम्भव भएको उनको भनाइ छ ।

चौरजहारी नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान

जेठ १६, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अनुमान गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ मा लिइएको लक्ष्य भन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २ करोड ४६ लाख ८२ हजार ७०१ रुपैयाँ संकलन भइसकेको छ । यो कुल लक्ष्यको ८२ दशमलव २८ प्रतिशत हो । चौरजहारी नगरपालिकाले चालू आर्थिक वर्षमा तीन करोड राजस्व संकलन गर्ने लक्ष राखेको छ । लक्ष्य अनुसार अर्ब ५३ लाख १७ हजार २१९ रुपैयाँ मात्रै संकलन हुन बाँकी छ । यो पनि सजिलै संकलन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।  चालू आर्थिक बर्षको यो लक्ष्य पनि संशोधित लक्ष्य हो । नगरपालिकाले शुुरुमा २ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । गत फागुन १९ र २० गते भएको नगर सभाले त्यसलाई संशोधन गरी आन्तरिक राजस्व संकलनको लक्ष्य तीन करोड तय गरेको थियो ।  लक्ष्य सजिलै पूरा हुने भएपछि संशोधन गरेर राजस्व संकलनको लक्ष्य एक करोड बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ रहेको छ । नगरपालिकाले मालपोत कर, सम्पत्ती कर, व्यवसाय कर, बालुवा गिट्टी, सेवा शुल्क, दस्तुर, नगर बस सेवा, एम्बुलेन्स सेवा, शहीद स्मृति नगर अस्पतालबाट उठ्ने सेवा शुल्क, घर वहाल कर, नक्सा पास दस्तुर, प्रशासनिक दण्ड जरिवाना लगायत शीर्षकबाट राजस्व संकलन गरिरहेको जानकारी दिएको छ । नगरप्रमुख विशाल शर्माले करको दायरा बढाइएको, जनशक्ति बढाइएको कारणले राजस्वको संकलनको लक्ष्य पनि बढाइएको उनले बताए ।  प्रारम्भिक नगर सभाले लक्ष राखेको भन्दा एक करोड बढी लक्ष निर्धारण गर्दा पनि नगरपालिका सहजै लक्ष्य पूरा गर्ने अवस्थामा गएको प्रमुख शर्माले बताए ।  चालू आर्थिक बर्षमा करको दायरा बढाउनुका साथै दायरामा नआएकालाई पनि दायरामा ल्याइएको, त्यसकै लागि नगर प्रहरी, स्वयमसेवक परिचालन गरी लागिएको नगर प्रमुख शर्माले बताए । वडाका कर्मचारीदेखि नगरपालिका र सम्पूर्णको प्रतिबद्धता, कटिबद्धताबाट यो सम्भव भएको चौरजहारी नगरपालिकाले जानकारी दिएको छ ।

उपभोक्ता संरक्षण विभागको अनुगमनबाट २ करोड राजस्व संकलन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ७ महिनाको (गत साउनदेखि माघ मसान्तसम्म) अवधिमा सवा २ करोड बढी राजस्व संकलन गरेको छ ।काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा गरिएको बजार अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारवाहीस्वरूप २ करोड २३ लाख २० हजार राजस्व संकलन गरेको हो ।७ महिनामा ३...