अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच सहमति भएको दुई दिनपछि मिरुनाले यो घटनाका कारण दुःखित भएकाहरुप्रति क्षमायाचना गरेकी छिन् । उनले बिहिबार बिहान सामाजिक सञ्जालमा जेठ १५ गते सिभिल मलमा भएको पछिल्लो घटना र त्यसपछि जेठ १७ गते भएको सम्झौताको सन्दर्भमा केही कुराहरु प्रस्तुतसमेत गरेकी छिन् ।उनले लेखेकी छिन्, ‘फूर्पा तामाङ ले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारका लागी निस्स्वार्थ रूपमा माफी