काठमाडौं, १४ फागुन । पूर्वमुख्यसचिव लिलामणि पौडेलले एमसीसीको वकालत गर्न पैसा बाँडिएको भन्दै दिएको अभिव्यक्तिप्रति क्षमाचाचना मागेका छन् । उनले आज ट्वीटरमा दुई पेज लेख्दै क्षमायाचना मागेका हुन् । चीनका लागि पूर्वराजदूत समेत रहेका पौडेलले १३ फागुनमा प्रज्ञा भवनमा एमसीसीको वकालत गर्न पैसा बाडिएको भनेपछि आलोचना भएको थियो । उनले दिएको अभिव्यक्तिको भिडियो भाइरल भएको […]