२४ चैत, विराटनगर। माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा थियो । अनुपस्थित भएका विद्यार्थी खुला शिक्षा अन्तर्गतका परीक्षार्थी रहेको शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले […]